२०८१ माघ १२ गते शनिवार

बागलुङमा थप ८ जनामा कोरोना

बागलुङ,भदौ ११ । बागलुङमा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको पोखरामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको हो। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९२ पुगेको छ। जसमा २ सय ६१ जना निको भएर घर फर्किएका छन्।

यसअघि गत साता बागलुङ नगरपालिका ३ की एक महिला व्यवसायीमा कोरोना देखिएपछि बागलुङ बजारमा उनको कन्ट्याक्ट ट्रेसिङबाट एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार कन्ट्याक ट्रेसिङमा ४८ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा बिहीबार ८ जनाको रिपोर्ट पोजिटिभ आएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु १ वर्षदेखि ३४ वर्ष उमेर समुहका छन्।

जसमध्ये बागलुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका २ जना रहेको गुरौले बताए।

बागलुङ नगरपालिका भित्र समुदाय स्तरमा संक्रमण फैलिएपछि संक्रमणको दर पनि बढेको छ।

संक्रमण जोखिम बढेपछि पछिल्लो ९ दिन यता बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *