२०७८ बैशाख २५ गते शनिवार

बुटवलमा १३ थुनुवालाई कोरोना पुष्टि


रुपन्देही, भदौ १० । बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।इलाका प्रहरी कार्यालय बुटवलमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जहाँ बुधवार सम्म २७ जना थुनुवा रहेका प्रहरीले बताएको छ । विभिन्न घटनामा पक्राउ परेका व्यक्तिमा संक्रमन पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

संक्रमन पुष्टि भएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापन गर्ने काम सुरु भएको जानकारी दिइएको छ । यसअिघ इलाका प्रहरी कार्यालयका ४ जना प्रहरीमा संक्रमन पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *