coro
दाङ, भदौ १० । बाँकेमा बुधबार ५१ जना नेपाल आर्मीसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको छ ।
कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जनामा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमन फेला परेको बाँकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका ८ जना कर्मचारी लगाएत २२ जना संक्रमित फेला परेका हुन । यसैबीच बुधवारसम्म बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ पुगेको छ । हाल २ सय ५१ जना उपचाररत रहेक छन् । ६ सय ६० जना उपचार पछि घर फर्किसकेका छन् । हालसम्म बाँकेमा ५ जना संक्रमितको मृत्यु भएको छ ।