तुलसीपुर , साउन २६ । तुलसीपुर निवासी सुरेश हमाललाई नेपाली काँग्रेसले यातायात व्यवसायी समन्वय विभागाको केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
आइतवार सभापति शेरबहादुर देउवाले हमाललाई उक्त पदमा मनोनित गरेका हुन ।
हमाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सल्लाहाकार र त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको अध्यक्षपनि हुन ।
युवाहरु बीच लोकप्रिय हमाललाई यसअघिका निर्वाचनहरुमा पार्टीले प्रदेशसभा सदस्यका लागि नाम सिफारिस गरेको थियो ।
त्यसैगरी दाङवाट धुर्व केसीपनि यातायात व्यवसायी समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार