२०८१ बैशाख ७ गते शुक्रवार

गण्डकी प्रदेश : थप २८ जनामा कोरोना सङ्क्रमण

स्याङ्जा,असार १७ । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।

नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेका छन् । नयाँ थपिनेमा ९ जना महिला रहेका छन् ।

सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।

 

 

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *