२०८० चैत्र १६ गते शुक्रवार

दंगिशरणमा बाबुले छोरालाई खुकुरी हाने

तुलसीपुर, असार १७ । दंगिशरण गाउँपालिकामा बाबुले आफ्नै छोरालाई खुकुरी प्रहार गरि घाइते तुल्याएका छन् ।
दंगिशरण ५ नौबस्ता निवासी ४६ बर्षीय खुसीराम चौधरीले सामान्ने विवादका क्रममा २७ बर्षीय श्रीप्रसाद चौधरीमाथि खुकुरी प्रहार गरेका छन् ।
गएराति पौने १० बजेतिर खुसीरामले छोरा श्रीप्रसादलाई खुकुरी प्रहार गर्दा बायाँ हातमा गहिरो घाउ लागेको प्रहरीले बताएको छ ।
श्रीप्रसाद बेहोस रहेको र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिएका छन् ।
छोरालाई खुकुरी हान्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *