Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


नरैनापुर गाउँपालिकाले सरकार संग सहयोग माग्यो


दाङ, जेठ १० । बाँकेको नरैनापुर गाउँपालिकाले कोभिड–१९ का कारण गाउँपालिकामा भयाबह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरिय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।

गाउँपालिकाले क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने चिन्ता उनले जाहेर गरेका छन् ।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड–१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए । भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने संभावना औंल्याउँदै उनले त्यसवाट जोखिम झनै बढ्न सक्ने आंकलन गरेका छन् । नरैनापुर गाउँपालिकामा शनिवार बेलुकी सम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको । नरैनापुर ५ का २५ बर्षीय एक युवाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal