Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सामुहिक बलात्कारको अभियोग खेपेका दुई युवा पक्राउ, तीन फरार



तुलसीपुर, जेठ १० । १५ बर्षीया एक किशोरीलाई रातको समयमा जंगलमा सामुहिक बलात्कार गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी २१ बर्षीय पारश खड्का र सोही ठाउँका २० बर्षीय विशाल विक पक्राउ परेका छन् ।

उनीहरु माथि स्थानीय एक किशोरीलाई जेठ ६ गते रातको ९ बजे अम्बाखोलीस्थित सामुदायिक वनमा सामुहिक बलात्कार गरेको अभियोग लागेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले ती किशोरीमाथि स्थानीय ५ जना युवाहरुले सामुहिक बलात्कार गरेको भन्ने जाहेरी पीडितले दिएको बताए । सामुहिक बलात्कारमा सम्लग्न तीन जना युवाहरु भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पालले जानकारी दिए ।

प्रहरीका अनुसार पारस खड्काले फोन गरेर ती किशोरीलाई रातको समयमा बोलाएका थिए । त्यसपछि वनमा लुकेर बसेका ५ जना युवाले ती किशोरीमाथि जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख रहेको प्रहरी निरिक्षक पालले बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal