२०८१ बैशाख ७ गते शुक्रवार

प्रेस युनियन दाङ शाखालाई स्वास्थ्य सामग्री सहयोग


दाङ,१० जेठ । नेपाल प्रेस युनियन दाङलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको पहलमा पत्रकारहरुलाई आवश्यक पर्ने मास्क,सेनेटाइजर र ग्लोव्स सहयोग गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको समयमा अग्रभागमा रहेर रिपोर्टिङमा खटिने सञ्चारकर्मीहरुलाई स्वस्थ रहन सहयोग पु¥याउने उद्देश्यले मास्क,सेनेटाइजर र ग्लोवस सहयोग गरेको प्रेस युनियनका केन्द्रीय सदस्य केसीले जानकारी दिएका छन । त्यस अवसरमा एक हजार पिस ग्लोव्स,५० प्याकेट मास्क र ५० पिस सेनेटाइजर हस्तान्तरण गरिएको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघक केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले कोरोना भाइरसबाट बच्नका लागि नियमित मास्कको प्रयोगसँगै सावुनपानीले समय–समयमा हात धुने बानी बसाल्नुपर्ने बताएका थिए ।

त्यस्तै उनीहरुले सचेत नागरिकले सडकमा मास्क प्रयोग नगरेर हिड्ने हरेक नागरिकलाई मास्क प्रयोग गर्नुपर्ने, नियमित रुपमा साुवन पानीले हात धुने र सामाजिक दुरी काम गरेर भेटघाटसँगै काम गर्न सचेत गराउनुपर्ने बताए हुन । कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल,नेपाली कांग्रेस जिल्ला सचिब शंकरप्रसाद डागी, नेपाली कांग्रेस बाकेका जिल्ला सदस्य चिन्तामणी धिताल, प्रेस युनियनका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल सयोजक केपी घिमिरे, कोहलपुर मेडिकल कले डा शिशिर रेग्मीलगायतले बोलेका थिए ।

सहयोग प्राप्त भएका मास्क,सेनेटाइजर र पन्जा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत फिल्डमा खटेर काम गर्ने सञ्चारकर्मीहरुलाई प्रदान गरिने प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिएका छन । कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *