तुलसीपुर, जेठ ४ । तुलसीपुरमा स्यानीटाईजर उत्पादन सुरु भएको छ । तुलसीपुर क्षेत्रमा क्रियासिल विभिन्न सामाजिक संघ संस्थाहरुका भोलेन्टियर ५० जना प्रतिनिधिहरुले तालिमपछि स्यानीटाईजर उत्पादनको काम सुरु गरेका हुन । यो अभियानमा तुलसीपुर नगरजेसिज, रोटरी, रोट्रयाक लगाएत विभिन्न वडाहरुका स्वास्थ्य स्वयम सेबकहरु पनि सहभागि छन् । तुलसीपुर उद्योग वाणिज्य संघका सचिव तथा स्यानीटाईजर उत्पादन कार्यक्रमका टिम लिडर विनिल केसीले यूएसएआईडी र तयार नेपालको आर्थिक सहयोग तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा साढे १२ सय लिटर स्यानीटाईजर उत्पादन गर्नेक्रम सुरु भएको जानकारी दिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का विरुद्ध दुर्तप्रतिकार्यका लागि तुलसीपुर उपमहानगरपालिका संग मिलेर गरिरहेका कार्यहरु मध्य एउटा काम स्यानीटाईजर उत्पादन भएको केसीले बताए । उनले यसअघि उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन महाशाखा र जिल्ला स्वास्थ्यको समन्वयमा ५० जना स्वएंमसेवकहरुलाई तालिम प्रदान गरिएको जानकारी दिए ।अबको एक हप्ता जेठ ९ गतेसम्म ती स्वएंमसेवकहरुले १२ सय ५० लिटर स्यानीटाईजर उत्पादन गरिने भएको छ । त्यसरी उत्पादित स्यानीटाईजर उपमहानगरपालिका संग समन्वय गरि नगरका १९ वडाका फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई निशुल्क प्रदान गरिने तुलसीपुरका जनश्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिएका छन् ।
उनले उद्योग वाणिज्य संघको पहलमा उत्पादित स्यानीटाईजर नगरका १९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसार निशुल्क वितरण गरिने जानकारी दिए । ‘वडाहरुको अवस्था र विरामीको चापका आधारमा हामीले स्यानीटाईजर वितरण गर्ने छौं,’ केसीले भने ।
स्वास्थ्य कार्यालय दाङमा कार्यरत फार्मेसी अधिकृत प्रविन तिमिल्सेनाले विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार र औषधी व्यवस्था विभागको ह्यान्ड स्यानीटाईजर २०७६ संग सम्वन्धित रहेर आवश्यक रसायनहरु राखेर स्यानीटाईजर उत्पादन गरिएको बताए ।
स्यानीटाईजर उत्पादान कार्यमा सहभागी मध्यकी एक महिला उद्यमी ज्ञानुमाया भण्डारीले ग्रिसलिन, अलकोहल, हाइड्रोजन पेरोक्साईड, डिस्ट्रिल वाटरको समिस्रन गरेर स्यानीटाईजर निर्माण गरिरहेको जानकारी दिइन । स्यानीटाइजर निर्माण गर्न जानेपछि उत्साहित बनेको उनले किटानु मार्नको लागि आफुहरुले स्यानीटाइजर उत्पादन गरेको भएपनि अब फ्लेवरका रुपमा एलोभेरा जेल राखेर उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिन । त्यसका लागि पानीको मात्रामा एलोभेरा जेल र गुलाव जल राख्नु पर्ने उनले अनुभूति बाँडिन । उनले घरको लागि समेत स्यानीटाइजर उत्पादन गर्न सक्ने क्षमता विकाश भएको बताइन ।
त्यसैगरी स्वास्थ्य संघ संस्थाहरुले अडर गरेमा उनीहरुका लागि समेत स्यानीटाइजर तयार पर्ने सक्ने उनले बताइन । भण्डारीले भनिन् ‘ उद्योग वाणिज्य संघले लकडाउनको समयमा ठूलो अवसर प्रदान गर्यो, यसले हामीमा क्षमता विकास र विश्वास जागृत भएको छ ।’