२०८१ माघ १३ गते आइतवार

निर्मलाका बुबालाई बेहोस बनाएर गाडीमबाट काठमाडौँ पठाइयो

९ मङ्सिर। कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।

असामान्य व्यवहार गर्ने, बर्बराउने, मनपरी हिँड्नेजस्ता व्यवहार गरेकाले सुरक्षाका कारण लग्न नसकिएको हो । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए । ‘निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई गाडीबाट काठमाडौं पठाइएको छ,’ सहायक प्रजिअ भट्टले भने ।

निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *