२०८१ असोज २४ गते बिहिवार

भरखर श्रमिकको तथ्याङ्क खोज्दै दाङका दुई उपमहानगरपालिका

तुलसीपुर, चैत १७ । दाङ जिल्लाका दुई उपमहानगरपालिकातुलसीपुर र घोराहीमा श्रमिकको संख्या कति छ? त्यो अझैं एकिन भइसकेको छैन । दुबै उपमहानगरपालिकाले भरखरै त्यो संख्या खोजी गर्न थालेका छन् । तुलसीपुरका मेयर घनश्याम पाण्डेका अनुसार सोमवार बेलुका सम्म श्रमिकको संख्या कति छ ? भन्ने डाटा प्राप्त भइसक्ने जानकारी दिए ।घोराहीका मेयर नरुलाल चौधरीले भने अवको तीनदिन भित्रमा श्रमिकको डाटा प्राप्त हुने आशा व्यक्त गरे ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट जोगिन सरकारले एक हप्ते ‘लक डाउन’ जारी गरेपछि काम गरेर साँझविहानको जोहो गर्ने श्रमिक समस्यामा परेका छन् । रोगले भन्दा पनि खान नपाएर भोकले मर्नुपर्छ कि भन्ने चिन्ता श्रमिकलाई छ ।

तर, तुलसीपुरका मेयर पाण्डेले ‘लक डाउन’ सुरु हुनु भन्दा पहिले नै धेरैजसो श्रमिक गाउँमा गइसकेको हुँदा कसैलाई पनि खानै नपाउने जस्तो विकराल समस्या नआउने दाबी गरे । ‘त्यो लेवलको समस्याआएको छैन,’ मेयर पाण्डेले भने ‘तर आयो भनेपनि तनाव छैन हामी रेडी अवस्थामा छौं।’

तुलसीपुरको मुख्यबजार क्षेत्र रहेका वडा नं. ५, ६ , ७ र ९ क्षेत्रमा दैनिक ज्यालादारी काम गर्ने केही श्रमिकलाई मात्रै त्यो समस्याहुन सक्ने हुँदात्यो संख्या ठूलो नरहने उनले अनुमान गरे । १९ वडा रहेको तुलसीपुरमा अरु जम्मै ग्रामिन क्षेत्रमा पर्छन । जहाँ खेतिपाति हुने गर्छ । गाउँमाबस्नेमानिसहरुले अन्न भण्डारण गरेर राख्ने हुँदा खानाको समस्या नपर्ने मेयर पाण्डेले बताए ।

‘तै पनि हामीले श्रमिक भन्दापनि संकटमा परेका कति छन् ?भनेर खोजी सुरु गरेका छौं,’ मेयर पाण्डेले भने ‘अहिले त्यति धेरै आएको छैन । फाट्टफुट्ट दुई चार जनाको मात्रै समस्या आएको छ र उनीहरुलाई खाद्यान्न पु¥याउन क्रम सुरु भइसकेको छ।’

संकटमा परेका त्यस्ता व्यक्तिलाई प्रतिव्यक्ति २५ केजी सम्म चामल र आवश्यक मात्रामा नुन, तेल, दालसमेत उपलब्ध गराउने तयारी गरिएको मेयर पाण्डेले जानकारी दिए । ‘जस्को चुलो नै बल्न छोड्यो,खानै समस्याभो भन्नेहरुलाई आजवाटै हामीले फाट्ट फुट्ट रुपमा खाद्यान्न वितरण सुरु गरेका छौं,’ मेयर पाण्डेले भने ‘ संकलित विवरण लिएर हाम्रो विपद व्यवस्थापन माहाशाखले त्यसलाई कोर्डिनेट गरिरहेको छ।’

संकटमा परेका व्यक्तिलाई कतिआवश्यकहो र घर परिवारको संख्याकतिहो भन्ने जस्ता कुराहरु हेरेर खाद्यान्नव्यवस्थापन गरिने उनले जानकारी दिए ।

संकटमा परेका मानिसहरुको पहिचान गरि टोल विकास संस्थाको सिफारिस, सम्वन्धित वडा अध्यक्षको अनुगमन तथा अवस्थाविस्लेसन पछि मात्रै खाद्यान्न उपलब्ध गराउने गरि तयारी थालिएको मेयर पाण्डेले जानकारी दिए । जस्ले हुन्छ त्यसैले खाद्यान्न माग्ने र लैजाने अवस्थाको सृजनानहोस भनेर नगरदेखि वडासम्म विपद व्यवस्थापन समिति निर्माण गरिएको छ । त्यही समितले नै संकटमा परेका मानिसहरुलाई मात्रै अध्यन तथा विश्लेसन गरेर खाद्यान्न सहयोग गर्ने तयारी गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा ५० लाखको विपद व्यवस्थापन कोष खडा गरेकोछ । आवश्क परे थप रकम समेत जुटाउन सकिने उनले विश्वास व्यक्त गरे ।

तुलसीपुरका मेयर पाण्डेले तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताका विरामीलाई खाना खुवाउनका लागि एकलाख रुपैंया छुट्याइएको जानकारी दिए । यसका साथै केहीदाता, संघ संस्थाहरुले समेत सहयोग गर्ने इच्छा व्यक्त गरेको हुँदा एकद्धार प्रणालीवाट संकटमा परेकालाई खाद्यान्न वितरण गरिने उनले जानकारी दिए ।

त्यस्तै तुलसीपुर स्थित खाध्यको साविक राप्तीको अञ्चल डिपोमा २४ सय क्विन्टल खाद्यान्न भण्डारण रहेको र तुलसीपुर उद्योग वाणिज्य संघका अनुसार एक महिना सम्मपुग्न सम्पूर्ण सामान स्टक रहेको भन्ने जानकारी पाएको हुँदा‘ डाउन’ केही लम्बिएको खण्डमा समेत कुनै समस्या नहुने मेयर पाण्डेले दाबी गरे ।

पाण्डेले भने –‘तुलसीपुरमा खाद्यान्न स्टकको हिसावले समस्या छैन,तर त्यो वितरण कसरी सहजबनाउने भन्ने वारेमा हामी छलफल गर्छौं र त्यसैको आधारमा वितरणको व्यवस्थापन गर्ने छौं।’

मेयर पाण्डेले हालतुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा पुगेर विदेशवाट आएका मानिसहरुको खोजी गरि उनीहरुको स्वास्थ्य चेकजाँच गर्ने तथाउनीहरुलाई घरमै आईसोलेसनमा बस्न आग्रहगर्दै आइएको जानकारी दिए ।

घोराहीका मेयर नरुलाल चौधरीले पनि तुलसीपुरका मेयरको जस्तै गरि ‘लक डाउन’को समयमा छाक टार्न गाह्रो पर्ने परिवार कमै मात्रै रहेको दाबी गरे । ‘हामीकहाँ साँझको विहान र विहानको साँझ श्रम गरेर खाने मानिसहरु कमै छन् भन्ने हाम्रो बुझाई छ,’ मेयर चौधरीले भने ‘डाटा लिने काम वडामा सुरु भइसकेको छ । हामीले विज्ञप्तिमार्फत सबै संघ संस्थालाई पनि सहयोगको लागिअपिल गरिसकेका छौं।’

घोराहीले पनि विपद व्यवस्थापनको लागि नगरस्तरिय, वडास्तरिय समितिहरु बनाइसकेको छ ।घोराहीले तत्कालका लागि दशलाखको विपदव्यवस्थापन कोष खडा गरेको मेयर चौधरीले बताए । त्यसमाविभिन्न सहयोगी संघ संस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जाहेर गरेको उनले जानकारी दिए ।

समस्या परेका श्रमिकको पहिचान गरि चामल, दाल, तेल र नुन गरि चार चिजवितरण गर्ने पूर्व तयारी गरिएको भएपनि कति मात्रामा वितरण गर्ने भन्ने कुरा प्राप्तहुने डाटाको आधारमा तय गरिने मेयर चौधरीले बताए । त्यो वितरण गर्दा एकद्धार प्रणाली मार्फत न्यायिक ढंगले वितरण गरिने उनले विश्वास दिलाए । ‘कस्लाई समस्या परेको हो,अवस्था के हो र परिवारको संख्याकतिहो । त्यो सबै कुरा विपद व्यवस्थापन समितिले किलियर गरेर पठाएपछि त्यसैको आधारमा खाद्यान्न सहयोग गरिने छ,’ मेयर चौधरीले भने ।

वडा तहमा निर्मित विपद व्यवस्थापन समिति, वडा अध्यक्ष, स्थानीय राजनीतिक दल, सुरक्षा समितिको समन्वयमा समस्यामा परेकालाई नभई नहुने चारचिज चामल, दाल, नुन र चेल वितरण गरिने चौधरीले बताए । ‘हामीले यहाँ (नगर)वाट वितरण गर्दैनौं । वडामा पठाउँछौं,’ चौधरीले थपे –‘हामीले के भनेका छौं भने तीमानिसलाई एक एक गरि बोलाउने, भिडभाड नलगाइ तयारी पोका वितरण गर्नुहोला।’

प्राप्त डाटाको आधारमा घर परिवार कति छ त्यसैका आधारमा विश्लेशन गरेर हप्तादिनको लागि आवश्यक पर्ने चामल, नुन, तेल र दालको पोको तयारी पारि वितरण गर्ने योजना वनाएको उनले जानकारी दिए । उनले ठूला सहर बजारमा जस्तो घोराहीमा श्रमिकलाई ‘लक डाउन’को समयमात्यस्तो कुनै समस्या नहुने र हुनन दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *