२०८१ बैशाख ७ गते शुक्रवार

व्यापारी नेतालाई चुनावी प्रचारको चटारो


शरद रेग्मी,
जनकपुर, फागुन १९ । नेपाल उधोग बाणिज्य महासघको आसन्न निर्बाचनमा चुनाबी मैदानमा होमिएका ब्यव्यसायी नेताहरुलाई चुनावी छटारोले छोएको छ । उनीहरु प्रचारप्रसारका लागि व्यस्त छन् । सोमवार पुर्बका जिल्लाहरुमा पुगेका उम्मेदवारहरुले प्रचार प्रशार गेका छन् ।

सरकार निजी क्षेत्र साझेदारी भन्ने मुख्य नारासहित जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीको नेतृत्वमा ब्यबसायीहरुको टोली जिल्ला दौडाहामा निस्किएको हो । भक्तपुर,बनेपा,धुलिखेल,रामेछाप, सिन्धुली हुदै सोमबार प्रचार प्रशारको टोली जनकपुर पुगेको हो । टोलिमा केन्द्रिय सदस्य पदका उम्मेदवार तथा तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल, रोल्पा बाणिज्य संघका पुर्ब अध्यक्ष किसोर आचार्य, २ नम्बर प्रदेश प्रमुख शिबशंकर शाह, कोहोलपुर बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी लगायतका प्रतिनिधिहरु सामेल छन् ।

सो अबसरमा टोलिले बिभिन्न जिल्ला नगरका अध्यक्ष तथा प्रतिनिधिसंग भेटेर निजी क्षेत्र र सरकारका बीचमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको थियो । त्यसक्रममा तुलसिपुर उद्योग बाणिज्य सघका अध्यक्ष बीरबहादुर रावत बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको जुझारु टिमको पक्षमा मत मागेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *