२०८१ बैशाख २१ गते शुक्रवार

नयाँ र साना दललाई दंगाली मतदाताले पत्याएनन्


दाङ,मंसिर १९ । नयाँ बैकल्पिक शक्ति बन्छौं भन्दै भोट मागेका नयाँ र साना दलहरुलाई दंगाली मतदाताले अविश्वास गरेका छन् ।दंगाली मतदाताले यसपटक पनि पुराना दुई प्रतिपर्धी दलहरु नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीकै पक्षमा मत व्यक्त गरेका छन् । यी दुई दलहरुले नै नेपालको हरेक राजनीतिक परिवर्तनमा हालसम्म संघर्ष र बलिदानी गर्दै आएका छन् । नेपाली काँग्रेसले २००७ सालदेखि २०६२÷ ०६३ सम्म भएका हरेक आन्दोलनहरुको नेतृत्व गर्दै आएको छ ।

तरपनि पछिल्लो समय अब पुराना दलहरुको औचित्य सकिएको भन्दै डा. बाबुराम भट्टराई र पूर्व पत्रकार रविन्द्र मिश्रले नयाँ बैकल्पिक शक्तिको खाँचो औंल्याउँदै आएका छन् ।

उनीहरु लगाएत अन्य सानादलहरुले समेत आफुहरु नयाँ शक्तिका रुपमा उदाउने अपेक्षा गर्दै निर्वाचनमा होमिएका भएपनि उनीहरुलाई दंगाली मतदाताले अविस्वास गरेको देखिएको छ ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले उपनिर्वाचनका क्रममा दाङमा प्राप्त गरेको मतान्तरणको आँकडा निकै तल देखिएको छ । मतदानको आधारमा भन्ने हो भने ती दलहरुको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ । उपनिर्वाचनका क्रममा दुई जना उम्मेदवारले आफु र आफ्नी पत्निको भन्दा अरु कसैको पनि मत प्राप्त गर्न नसकेको जस्तो देखिएको छ ।
नेकपा र नेपाली काँग्रेसका उम्मेदवारले हजारौं मत प्राप्त गर्दा प्रदेशसभा सदस्य तर्फ नेपाली काँग्रेस (बिपी) पार्टीका उम्मेदवार दिपककुमार धिताल २ र अर्का स्वतन्त्र उम्मेदवार गोविन्द केसीले जम्मा २ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्य पनि जम्मा ४ मत मात्रै प्राप्त गर्न सके ।

त्यसैगरी अन्य उम्मेदवारहरुमा साझा पार्टीका शिवकुमार चौधरी २६६, राप्रपाका उम्मेदवार भूपाल रावत २२५, संघीय समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी १५४, राप्रपा संयुक्तका छोटीलाल थारु १३८, नेकपा मालेका हरिप्रसाद डाँगी १०३ ,मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरी ९०,लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री २६, नेमकिपाका सुरेश परियार १५, जनमुक्ति पार्टीका धनराज विश्वकर्मा ११ मत मात्रै प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा ४५ हजार ३ सय १ मत खसेकोमा ७ सय ९७ मत बदर भएको थियो ।

नेकपाबाट निर्वाचित विमला वलीले २४ हजार २ सय ८६ मत प्राप्त गरेकी थिइन । प्रमुख प्रतिपर्धी नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा सदस्य पदका लागि विभिन्न १२ दलवाट १२ जना र २ स्वतन्त्र गरि कुल १४ जनाले प्रतिपर्धा गरेका थिए । यी दुई दल बाहेक अन्य सबै १२ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

खसेको मतमा १० प्रतिशत पनि भोट नपाउने उम्मेदवारले धरौटीबापतको रकम फिर्ता नपाउने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकृत गेहेन्द्र कँवरले फरककोणलाई जानकारी दिए ।

वडा नं. १६ मा पनि त्यस्तै दृष्य
स्थानीय तह अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा चार जना उम्मेदवारको जमानत जफत भएको छ। वडाध्यक्ष पदका लागि विभिन्न पाँच राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार गरि कुल सात जना प्रतिपर्धामा उत्रिएका थिए ।

नेपाली काँग्रेसका ताराबहादुर डाँगीले १ हजार २ सय १८ मत प्राप्त गरि विजयी भएका थिए भने नेकपाका नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरेका थिए । वडा नं. १६ मा नेकपाकै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले पनि आफ्नो धरौटी जोगाउन सफल भएका छन् । उनले ७ सय २० मत प्राप्त गरेका थिए ।

यी बाहेक अन्य चार जनाको जमानत भने जफत भएको छ। जमानत जफत हुनेमा संघीय समाजवादीकी विमला पुन ३१ मत, मङ्गोल नेशनलका पहलमान आले ३० मत, स्वतन्त्र उम्मेदवार समीर वली २३ मत र राप्रपाका प्रकाश केसी १९ मत मात्रै प्राप्त गरेका थिए ।

सदर मतमा १० प्रतिशत पनि भोट नपाएपछि उनीहरुको जमानत जफत भएको हो।
घोराही–१६ मा ३ हजार २ सय २६ मत खसेकोमा ३ हजार १ सय ५८ मत सदर भएको थियो। यहाँ कुल मतदाता संख्या ४ हजार ४ सय ५३ रहेको छ ।

मिनि जनमत संग्रहको रुपमा हेरिएको उपनिर्वाचनको परिनामले नयाँ बैकल्पिक शक्ति बन्छौं भन्दै मत मागेका कतिपय दलहरुलाई नयाँ ढंगले सोच्न बाध्य पारिदिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *