२०८१ बैशाख १३ गते बिहिवार

फन्काे मारेर फेरि हेर नयाँ वर्ष आयो 

गजल

फन्काे मारेर फेरि हेर नयाँ वर्ष आयो
वसन्त बागसँगै छहत्तर सहर्ष आयो ।।

बिते तीता मीठा पल फेरि बितिरहनेछन्
बाेकेर विकासकाे रेखा मिठाे सङ्घर्ष आयो ।।

लता लहरा नव नव, हेर पालुवा नव
छरेर दिगदिगन्त सृष्टिमा लाै हर्ष आयो  ।।

काेकिल गाउँछ स्वागतम् वनवन डुलेर
अाफू बाँची विश्व बचाउन एक कर्ष आयो  ।।

छाअाेस् शान्ति विश्वमा, जन जनमा खुशी
सानन्द देवभूमि नेपालमा श्रीहर्ष आयो ।।

– आदिम के.सी

प्रकाशित मिति : २०७६ बैशाख १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *