२०८२ असार ५ गते शुक्रवार

तिम्रो ब्रत

नारायण खड्का


सोमबार बिहानै
तिम्लाई मन्दिरको
त्यो लामो लाइनमा
उभिएको देखे ।

तिम्रो फिजारिएको
कपालबाट
चुहिरहेको पानी
बलिरहेको दियो
रातो साडी
आधा ज्यान छोपेको
ब्लाउज
आहा कति राम्री ।

एकाबिहानै
तिम्लाई देख्दा
मन हलचल भयो
सायद मन्दिर भित्रका
भगवान रुपी मूर्तिलाई पनि
त्यस्तै भयो होला ।

तिमी मेरै ठाउँकी
मेरै गाउँकी बुहारी
गाउँबाट आउँदा
तिम्रा सासू–ससुरालाई
मैले एकाबिहानै
धान खेतमा झार
उखेल्दै गरेको देखे थे !

तिम्रै लागि भनेर
श्रीमान विदेश गएपछि
बजार पसेकी तिम्लाई
के थाहा ?
तिम्रै सुखका खातिर
उनीहरुले बगाएको पसिना
गरेको मेहनत
साँच्ची तिमी के पाउन
मन्दिरको धाउँछौं
तिम्रो ब्रत के का लागि हो ?

मैले टाढैबाट तिम्लाई
क्यामेराको फ्रेममा पारे
नबोल्ने भगवान्ले
के गरे थाहा भएन ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *