जहिले मध्य रातमा आउँछ्यौ
कहिले सेतो कपडामा
कहिले रातो कपडामा
कहिले खित्का छोडेर हाँस्छ्यौ
कहिले रुँदै जान्छ्यौ ।
बिजुली त झनै जानै हुन्न
अध्याँरोमा त तिम्रो मर्जी चल्छ
त्यही जिद्दी र उही घुर्की
जहाँ तिम्रो प्रेमको छुरा चल्छ
मलाई पुरै रटेर
म अनिदा रातहरुमा छटपटाउँदा
तिमि सुटुक्क अदृष्य बन्छ्यौ
म खोज्छु, कतै पाउँदिन ।
त्यसपछि बल्ल
तिम्रो बारे मनमा अनेक कुरा खेल्छन
कि, तिमि सात समुन्द्र पारी छौ
पश्चिमा सुख, सयलमा भुलेकी छौ
दिनहुँ रंगिन रातहरु बिताउँछ्यौ ।
कि, दुर पहाडमा तिम्रो झुपडी छ
गरिबी तिम्रो अभिसाप बनेको छ
जहाँ टेलीफोनले पनि काम गर्दैैन
इन्टरनेट त झनै चल्दै–चल्दैन
कि, मोटर गाडी पुग्ने बाटो नि छैन ।
तिम्रो आँकाशमा प्लेनपनि उड्दैन कि ?
साँच्चि, किन तिमि यति निष्ठुर भयौ
तिम्रो खवर बोक्ने एक चरीपनि छैन कि ?
बर्षौं भयो, किन ?
तिम्रो सुगन्ध बोकेको
एक हावापनि चल्दैन ?
साँच्ची तिमि मर्यौ , कि जिउँदै छौ ?