बेलुका ५ बजेपछि बन्द खुल्यो
त्यसपछि रामे रिक्सा लिएर बजार गयो
साथमा सानी छोरी थिइन
आज उनी पढ्न जान पाइनन्
हातमा ललिपप बोकेकी
बाबासंगै घुम्न जान पाउँदा फूरुङ्ग छिन
रामे घरमा सुत्केरी श्रीमतीलाई छोडेर आएको छ
उनीहरुको छोरा जन्मिएको महिना दिनपनि पुगेको छैन
उनीहरुको जिउने आधार त्यही एउटा रिक्सा हो
त्यसले भारी पाए मात्रै
उनीहरुको साँझ बिहानको
छाक टर्छ
त्यसैले आज रामे अलि आत्तिएको छ
काम पाइने हो कि हैन ?
दोबिधामा बजार निस्किएको छ
कारण आज सर्वहाराबर्गको नेतृत्व गर्ने कम्युनिष्टको आमहड्ताल छ
तै उस्ले कोठाबाट निस्कदा सुत्केरी श्रीमतीलाई आधा किलो
ब्रोईलर कुखुराको मासु ल्याइदिने बाचा गरेको छ
दूभाग्र्य कुनै साहुमहाजनले पसलहरु खोलेनन्
सायद बन्दले गर्दा किनमेल गर्नेहरु पनि कोही आएनन्
सूर्य अस्ताई सकेको छ
चराहरु गुडमा जान हतार गरिरहेका छन्
तै रामेले घडीमा बेलुकाको पौने ७ बज्दा सम्म उसले पर्खियो
उस्ले काम पाएन
अनि चिसो बढ्न थालेपछि उस्ले छोरीलाई
आफ्नो फाटेको स्वीटर फुकालेर लगाई दियो
त्यसपछि उ चिनजाका एकजना साहुमहाजनको
सटर ढकढकाउन जान्छ
त्यो हार्डवयर व्यापारीको पसल थियो
छोरीलाई बाहिरै रिक्सामा बस्न आग्रह गर्छ
रामे हार्डवयर पसल भित्र पस्यो
भित्र पस्नासाथ साहुको खुट्टामा घप्लकै घोप्टियो
भोलि सिमेन्टका बोरी बोक्ने सर्तमा
पाँच सय रुपैंयाका लागि काँप्दै हात थाप्यो
साहुलाई सुत्केरी श्रीमतीसंग गरेको बाचा सुनायो
छोरीलाई जेरी किनेदिने बाचा सुनायो
भोलि सिमेन्ट बोक्ने सर्त बनाएर
साहुले पाँच सय रुपैंया रामेको हातमा थमाई दिए
रामेले साहुलाई फेरि त्यसैगरी सम्मानभाव दर्सायो
आँखाको आँशु बाहुलाले पुच्छ्दै निस्कियो
अनि फुर्तिका साथ रिक्सा कुदायो
चिया पसलमा रोकेर छोरीलाई दूईवटा जेरी किनिदियो
अनि उस्ले आफ्नो रिक्सा मासु पसलतिर सोझ्यायो
नजिकै चोकमा कम्युनिष्टका नेता चर्कौ स्वरमा भाषण ठिकिरहेका थिए
प्रतिगमनका विरुद्धमा,राष्ट्रियका पक्षमा, समाजबादका पक्षमा, सर्वहाराबर्गका पक्षमा ।।।