२०८१ बैशाख १२ गते बुधवार

म्याराथनको रिपोर्टिङमा पुगेका पत्रकारहरुमाथि दुव्र्यवहार

नेपालगञ्ज,मंसिर २५ । नेपालगञ्ज म्याराथनको रिपोर्टिङका लागि पुगेका पत्रकारहरुमाथि दुब्र्यवहार भएको छ ।

शनिवार विहान रिपोर्टिङका लागि पुगेका नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीसहित आधा दर्जन पत्रकारमाथि आयोजकले दुब्र्यवहार गरेको थियो ।

रिपोर्टिङका क्रममा फोटो खिच्न पुगेको समयमा आफूसहित पत्रकारहरु खम्ब पुन, रविन्द्र घिमिरे, जावेद हल्वाई, गौरव गिरी लगायतलाई आयोजक क्रियटिभ ह्याण्ड्सका सौगात विक्रम शाहले दुर्व्यवहार गरेको सुवेदीले बताए ।

सुवेदीले आयोजकका तर्फबाट स्थानीय मिडियाकर्मीहरुलाई विभेद गरेको भन्दै रोष प्रकट गरेका छन् । उनले स्थानीय मिडियाकर्मीहरुलाई अनावश्यक केरकार गरेको बताए ।
‘गत बर्ष पनि विभेद गरिएको थियो, हामीले सच्चिन मौका मिलोस् भनेर सामान्यरुपमा लियौं तर फेरि यो पटक दुब्र्यवहार हुनु दुर्भाग्य हो,’ सुवेदीले भने ।

आयोजकले राजधानीका मिडियाहरुलाई बढी स्थान दिएर स्थानीय मिडियालाई ‘अण्डर स्टिमेट’गरेको सञ्चारकर्मीहरुको आरोप छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *