नेपाली क्रिकेटका बलर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।
सन्दिपलाई दिल्लीले १२ औं सिजनको आईपीएलका लागि रिटेन गरेको हो । गौतम गाम्भीर लगायतका खेलाडीलाई रिलिज गरेको दिल्लीले सन्दीप सहित १४ जनालाई रिटेन गरेको छ ।
सन्दीपले गएको सिजनमा दिल्ली डेयर डेभिल्सबाट आईपीएलमा डेब्यू गर्दै आफूलाई भरपर्दो बलरका रुपमा उभ्याएका थिए । दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि अन्तिम तीन खेलमा अबसर पाएका उनले तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
राजधानी दैनिकबाट
प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार