Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


टरिगाउ र नवलपुर फाईनलमा भिड्ने



लक्ष्मण बस्नेत,
दाङ,कात्तिक ८ । टरिगाउ फुटबल क्लब र नवलपुर फुटबल क्लब दाङको गौरीगाउँमा जारी खुला खसिकप फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् । गौरी युवा क्लब गौरिगाउँको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १० को आर्थिक सहयोगमा शुभदिपावलीको अबसरमा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा संग्राम युथ क्लब लाई शून्य का विरुद्ध ४ गोल अन्तरले टरिगाउ फुटबल क्लबले फाईनल यात्रा तय गरेको हो।

खेलमा टरिगाउका तर्फ बाट हर्क आलेमगरले २ गोल गरे भने अर्जुन नेपाली र रमेश तामाङ ले समान १/१ गोल गरे । त्यस्तै बेलुका भएको दोस्रो सेमिफाइनलमा खेलमा एल एफ एस ए लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै नवलपुर ले टरिगाउ संगको फाईनल भिड्न्त पक्का गरेको हो ।

गौरी खेलमैदानमा भएको शसक्त र शानदार खेलमा नवलपुरका रोहित खड्काले सर्वाधिक ३ गोल गर्दै ह्याटि्रक गरे भने देव राज बस्नेतले १ गोल गरे । फाईनल भिड्न्त शुक्रबार दिउसो १ बजे पछि हुनेछ । प्रतियोगिताको बिजेताले खसी तथा कप मेडल,प्रमाणपत्र हात पार्नेछ। त्यस्तै उपबिजेताले कप मेडल,प्रमाणपत्र हात पार्नेछ । कार्तिक ५ गते देखि संचालित प्रतियोगितामा जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका हरि खड्काले जानकारी दिएका छ्न् । यसैबिच आयोजकले दिउँसो हुने फाईनल खेल तथा समापन समारोहमा उपस्तिथिका खेलाडी, खेलप्रेमी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal