Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


एम्ब्रोस मगरले जिते इन्द्रेणी आइडल सिजन २ को उपाधि

पाए ५० हजार नगद पुरस्कार



छवि पुरी,
घोराही, असार २८ । इन्द्रेणी आइडल सिजन २ को उपाधि एम्ब्रोस मगरले जितेका छन् । गत वर्षको चैत्रबाट शुरु भएको प्रतियोगितामा ५० जनाको सहभागिता रहेकोमा विभिन्न चरण पार गर्दै एम्ब्रोसले उपाधि जित्न सफल भएका हुन । प्रतियोगितामा रीता घर्ती द्वितिय भइन भने किरण बिक तृतिय भए । अभिषेक बिक र सरीता बिकले सान्त्वनामै चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा उत्कृष्ट मगरले नगद ५० हजारसहित एउटा गीत रेकर्ड गर्ने अवसर पाउने छन् । त्यस्तै दृतिय स्थान हासिल गर्ने घर्तीले नगद ३० हजार जितेकी छन् भने तृतिय हुने बिकले नगद २० हजार नगद पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

स्थानीय स्तरमा रहेका प्रतिभा पहिचान गरी मूलधारमा ल्याउने उद्देश्यले जनआवाज टेलिभिजनको सहकार्यमा रेडियो इन्द्रेणी ९२.४ मेगाहर्जले कार्यक्रम आयोजना गरेको हो ।

रेडियो इन्द्रेणीका स्टेशन म्यानेजर देव यादवको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा घोराहीको निमा चलचित्रमन्दिरमा शनिवार फाईनल कार्यक्रम भएको हो ।

प्रमुख अतिथि पाण्डेले स्थानीय स्तर लुकेका प्रतिभा पहिचानमा रेडियो इन्द्रेणीले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले दाङ संगीत, कला, साहित्य क्षेत्रमा उर्वर भूमि रहेको बताए । कार्यक्रमले पहिचान हुन नसकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुग्ने हुँदा आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तता पाउनु पर्ने उपाध्यक्ष पोखरेलले बताए । उनले प्रतियोगितामा जीत र हार स्वाभाविक भएपनि वास्तविक प्रतिष्पर्धा आफुसँगै गरेर अघि बढ्न प्रतियोगीहरुलाई सुझाव दिए । कार्यक्रममा घोराही उपमहानगर वडा नम्बर १३ का वडा अध्यक्ष रविलाल घर्ती, सर्जक लोकराज पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपाधिका लागि भएको अन्तिम प्रतियोगिताको निर्णायक भूमिका गीतसंगीत क्षेत्रका सर्जकहरु डा. गोविन्द आचार्य, आदिम केसी र देवकला बस्नेतले निर्वाह गरेका हुन ।

त्यसअवसरमा गायक तथा पत्रकारहरु देवेन्द्र बस्नेत, पिताम्बर रिजाल, शालिकराम चौधरीलगायतले आ–आफ्ना प्रस्तुती राखेका थिए ।

सुदन थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण आरके शीतल र समीक्षा सेर्पाइलीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal