२०८१ बैशाख १२ गते बुधवार

द पार्क क्याफेले नयाँवर्ष विषेश कार्यक्रम गर्ने

तुलसीपुर, चैत्र १४ । दाङको तुलसीपुरमा रहेको द पार्क क्याफेले नयाँ वर्ष विषेश कार्यक्रम गर्ने भएको छ । क्याफेले नयाँ वर्ष २०७६ को पुर्व सन्ध्यामा चैत्र ३० गते राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागितामा नयाँवर्ष विशेष कार्यक्रम गर्ने भएको हो ।

द पार्क क्याफेको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको संयोजनमा कार्यक्रम हुन लागेको हो । संघले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरि नयाँवर्ष विशेष कार्यक्रम हुन लागेको जनाएको हो । संघका अध्यक्ष धुब्रराज न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा कार्यक्रम गर्ने गरिएको र यो वर्ष पनि कार्यक्रम गर्न लागेको द पार्क क्याफेका संचालक राजेन्द्र महताराले जानकारी दिए ।

कार्यक्रममा बिन्दु परियार, अंकीन न्यौपाने, सन्दीप न्यौपाने र अन्य स्थानिय कलाकारको प्रस्तुती रहने संचालक महताराले जानकारी दिए ।

पत्रकार सम्मेलनमा रिर्पोटस क्लब दाङका अध्यक्ष शरद रेग्मी, मल्टीमिडिया प्रालिका अध्यक्ष संगित बस्याल, संघका कोषाध्यक्ष शिव पुन लगायतले बोल्नुभएको थियो भने पत्रकार सम्मेलनको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *