Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


नितिन गजुरेलको ‘अनुपम रंग’ सार्वजनिक


साउन १७। कोरना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लभ रोमाण्टिक भर्सनको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal