२०८१ बैशाख ७ गते शुक्रवार

गीतकार डी.आर. उपाध्यायका ७ वटा एल्वम एकैपटक सार्वजनिक

गीतकार डी.आर. उपाध्यायका ७ वटा एल्वम सार्वजनिक भएका छन् । आईतबार राजधानीको राष्ट्रिय नाचघरमा उपाध्यायका ७ वटा एल्वम तथा १ उपन्यास राष्टकवि माधव प्रसाद घिमिरेले एकै मञ्चबाट सार्वजनिक गरे ।

राष्टकवि घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरेका थिए । उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला तथा मालाले घिमिरेको सम्मान गरे । एकै पटक ७ वटा एल्वम सार्वजनिक गर्ने पहिलो व्यक्ति सम्भवत गीतकार उपाध्याय नै हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ ।

उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।

‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको उक्त विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *