Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


लोकराजको ‘बाजा बजाउँदै’ सार्वजनिक



दाङ, चैत १५ । गीतकार लोकराज अधिकारीको ‘बाजा बजाउदै’गीत सार्बजनिक भएको छ । गीत सार्वजनिक भएको २४ घन्टामै राम्रो भ्यूउज पाएको छ । उनको गीत युट्युबमा छोटो अवधिमा हेरिएको नेपाली गीतहरु मध्य रेकर्ड बनाउन सफल भएको दाबी अधिकारीले गरेका छन् ।

नाइलनको सारी, रुपै मोहनी, परान परान,मन बिनाको धन जस्ता गीत भन्दा बढी भ्यूउज छोटो अवधिमा आफ्नो गीतले पाएको अधिकारीले दाबी गरेका छन् ।‘कुटुमा कुटु’ बोलको गीत नेपाली गीत मध्य हालसम्म सर्वाधिक हेरिने गीतको सूचिमा छ । माथिका गीतहरु ट्रेन्डिङमा परिसकेका गीतहरु हुन ।

गत सोमबार रिलिज भएको अधिकारीको ‘बाजा बजाउदै’ बोलको गीतले ट्रेन्डिङमा आउन २४ घन्टापनि कुर्न नपरेको गितकार अधिकारीले बताएका छन् ।

कोरोना त्रासका कारण अन्य नेपाली गीत रिलिज नभएको हुँदा ‘बाजा बजाउदै’ले टे«न्डिङमा पर्ने अवसर प्राप्त गरेको हुन सक्ने अधिकारीले तर्क गरे । गीतकार अधिकारी दाङका स्थायी बासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal