Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक


काठमाडौं, फागुन १ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको  छ । यो चलचित्र फागुनको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ ।

चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा पल शाह ,पूजा शर्मा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको मुख्य भूमिका रहेको छ । पल र पूजाको भेट, रोमान्स, प्रेम, करिअर र विछोडको वरिपरी यो चलचित्रको ट्रेलर प्रस्तुत गरिएको छ ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको यो चलचित्रमा जन्मजय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal