२०८१ बैशाख ७ गते शुक्रवार

ताली र प्रशंसाले कलाकारको पेट भरिन्न – हास्य कलाकार शंकर आचार्य

पुर्ण केसी,
दाङ, मंसिर ७ । चलचित्र पत्रकार संघ दाङ शाखाले आज तुलसीपुरमा बरिस्ठ हास्य कलाकार एवम् फिल्म मेकर र अहिलेको चर्चित हास्य टेलिशृयल सक्किगोनीका मुख्य पात्र बरिसठे शंकर आचार्य संग साक्षात्कार गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका आचार्यले दाङमा डकुमेन्ट्री “होक्से” प्रदर्सनको सिलसिलामा आएको बताए । उनले अहिले विभिन्न स्कुल , कलेजमा पुगेर डकुमेन्ट्री देखाएको बताए । आचार्यले अबको केही समयमा ठूलो पर्दाको चलचित्र बनाउने समेत योजना रहेको बताए । कार्यक्रममा उनले कलाकारीता बाट आफू खुसी रहेको र निरन्तर यहि क्षेत्रमा रहने बताए । उनले दाङमा चलचित्र पत्रकार संघ रहेछ र कलाकारको खोजी हुदो रहेछ भन्दै प्रसंसा समेत गरे ।

एक फरक प्रसंगमा मिडियाहब प्रालिले कलाकारलाई थिच्ने मिच्ने गरेको बताए । अझै पनि कसैको ताली र प्रशंसाले कलाकारको पेट नभरिने बताए । अझै पनि नेपाली चलचित्र क्षेत्रमा कपि गर्ने चलन रहेको बताए ।

चलचित्र पत्रकार संघ दाङ शाखाका कार्यबाहक अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका सह-सचीव पूर्ण के.सी. (मुस्कान) ले राखेका थिए भने कार्यक्रमको सहजीकरण संघका सचीव सन्तोष के.सीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *