Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


मिडिया हब र ‘सक्किगोनि’बिचको विवाद टुंगियो


काठमाडौं, कार्तिक ८ । मिडिया हब प्रा.लि. र हास्य टेलिसिरियल ‘सक्किगोनि’समूहबिचको विवाद टुंगिएको छ। ‘सक्किगोनी’का पात्रहरु आफूले निर्माण गरेको दाबीसहित मिडिया हबले प्रहरीमा उजुरी दिएको थियो। यस विषयमा छलफल गर्न प्रहरीले शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। तर, उनीहरुले प्रहरीमा नगई पहिल्यै दुवै पक्षबिच सहमति गरेका छन्।

मिडिया हबका प्रमुख सोमप्रसाद धिताल, ‘सक्किगोनि’का प्रमुख पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) बीचको छलफलमा विवादको विषय सहमतिमा टुंग्याईएको हो। विवादित विषय टुंगिएको छ र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती गरेको बताइएको छ ।

यसअघि मिडिया हबको उत्पादनमा ‘भद्रगोल’मा काम गरेका जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गरिरहेको छ। उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट ‘भद्रगोल’को प्रशारण जारी राखेको छ।

अर्जुन घिमिरे (पाँडे)ले आफूहरुबीचको विवाह टुंगिएको फेसबुकमार्फत समेत जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal