२०८१ बैशाख ७ गते शुक्रवार

दुर्गेश थापाको गीतमा प्रतिवन्ध लगाउन सरकारको निर्देशन


काठमान्डौं, कात्तिक ५ । सरकारले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा तत्काल प्रतिवन्ध लगाउने भएको छ । खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न सरकारले मंगलवार निर्देशन दिएको छ।

गीतमा कानुन बमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध गर्न निर्देशन दिइएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको गीतमाथि आमसञ्चार माध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *