Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


‘हिजो आजका कुरा’ चलचित्र निर्माण हुने



काठमाडौं, कात्तिक २ । चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा चलचित्र निर्माण हुने भएको छ । टेलिसिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तले चलचित्रको निर्माण गर्न लागेका हुन् ।

चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्‍तले निर्देशन गर्ने भएका छन् । सन्तोष र साकारको कथा रहेको चलचित्रलाई सन्दीप किस्नाले लेखेका छन् । विदेश मोह भएका चार परिवारको पारिवारिक समस्या र संघर्षलाई चलचित्रमा देखाइने बताइएको छ ।

चलचित्रमा सन्तोषसँगै रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको अभिनय रहने छ । तिहारपछि छायांकनमा जाने यस चलचित्रमा रवि सायमीको छायांकन रहनेछ भने हर्कुलस बस्नेतको संगीत रहने छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal