Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


शनि विश्वकर्मा भोट माग्दै दाङमा


नवीन अभिलाषी
दाङ, असोज २९ । एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् ।

नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा पुगेका छन् । फाईनलमा प्रवेश गरेका यी चार प्रतिस्पर्धी गायकहरु मध्य एक जना स्टार बन्ने छन् । त्यहि स्टार बन्ने कडा प्रतिस्पर्धामा रहेका शनि आफ्नो लागि भोट माग्दै दाङ फर्किएका हुन् ।

गाउँ फर्किएको अबसरमा शनि विश्वकर्माका आफन्त, शुभचिन्तक र फ्यानहरुले शनि विश्वकर्मा जितऔँ अभियान सञ्चालन गरेका छन् । अभियानले घोराहीमा कार्यक्रम गरेको छ ।

नेपाल पत्रकार महासंघ दाङको सभाहलमा बुधबार आयोजना भएको कार्यक्रममा बोल्दै गायक शनि विश्वकर्माले नेपाली लोक गीतको क्षेत्रमा आयोजना गरिएको यो रियालिटि शोमा आफु फाईनलमा प्रबेश गर्नु महत्वपुर्ण कुरा रहेको बताए ।

उनले अब स्टार बन्नका लागि धेरै भन्दा धेरै समर्थकहरुको साथ र भोटको आवस्यकता रहेकाले आफु भोट माग्दै दाङ आएको बताए । रोल्पा घर भई घोराहीमा अध्ययन गर्दै आएका शनि विश्वकर्मालाई पहिलो लोक स्टार बनाउनका लागि कुनै कसर बाँकी नराखेको कार्यक्रम संयोजक शेरबहादुर डाँगीले बताए ।

 

रोल्पा जस्तो दुर्गमको युवा नेपालकै लोक स्टार बनाउनका लागि हामीले धेरै कामहरु गरेका भन्दै डाँगीले भोलि सबैको सहयोग गर्न अनुरोध समेत गरे । भोट माग्दै गायक विश्वकर्माले केहि लोक गीतहरु समेत गाएर सुनाए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले शनि विश्वकर्माको कला र प्रतिभाबाट आफू प्रभावित भएको बताउँदै सबैले भोट गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले समेत दाङको सञ्चार क्षेत्रबाट शनि विश्वकर्माको प्रचार प्रसारका लागि काम भैरहेको बताउँदै आफुहरु साथमै रहेको बताउनुभयो ।

उनलाई बिजयी बनाउनका लागि L 24 type ul/ 37000  मा भोट गर्न सकिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal