Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


‘पोई पर्यो काले’ को ट्रेलर सार्बजनिक



असोज १५ । नेपाली चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्रको ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । चलचित्रमा लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal