Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


गायक जनक ताम्राकारको ‘लाउँदिन’ गीत सार्बजनिक


काठमाडौं,साउन २४ । सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

यो गीतमा जनक एक्लैले स्वर दिएका छन् । उक्त गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समीश्रण गरेको पाइन्छ। यो गीत झट्टै सुन्दा क्लासिक फिल र फरक रिदम पक्रेको देखिन्छ।

यस गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने बिजु कर्माचार्यले मिक्स मास्टर गरेका हुन्। उक्त गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजको अभिनय रहेको छ। यस गीतको छायाकंन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन् ।

डडेल्धुराको अमरगढी–६ दुमडामा जन्मेका जनक अहिले सञ्चारकर्मसँगै गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन् । जुनकिरी, ठेगाना भेटियो, काफल खान्या कुइयाँ, लौलौ सररर बोलका गीत बजारमा ल्याइसकेका छन् । विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मनपराएकाले यो नयाँ गीतलाई पनि स्रोताले उत्तिकै माया गर्ने अपेक्षा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal