२०८१ मङ्सिर १९ गते बुधवार

फेक न्युज र फ्याक्ट न्युजका विषयमा समग्र समिक्षा गर्नेछौं ःअध्यक्ष खड्का

नेपाल प्रेस युनियन दाङ शाखाको अधिवेशन भर्खरै सम्पन्न भएको छ । मिडिया शुद्धिकरण एवं सदृढीकरणको मिशन सहित प्रेस युनियनको साधारसभाले दाङ घोषणापत्र समेत जारी गर्दै सर्वसम्मत नेतृत्वसमेत चयन गरेको छ ।

सर्वसम्मत नेतृत्वको जिम्मेवारी नारायण खड्काले पाएका छन् । दुई दशकदेखि निस्पक्ष र स्वतन्त्र पत्रकारीताको वकालत गर्र्दै आएका खड्कालाई सबै सदस्य र केन्द्रीय पदाधिकारीहरुको पनि सदासयताका कारण उनी सर्वसम्मत नेतृत्वमा आएका छन् ।

पछिल्लो समयमा देखिएको पत्रकारिताका चुनौती एवम् भावि गन्तव्यका विषयमा पत्रकार खेमराज रिजालले नबनिर्वाचित अध्यक्ष खड्कासंग गरेको कुराकानीको सार संक्षेप ।

नेपाल प्रेस युनियन दाङ शाखाको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो, संगठनका लागि के गर्छु भन्ने योजना छ ?

– सबैभन्दा पहिला गौरवमय संगठनमा सर्वसम्मत नेतृत्व चयन गर्न भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रज, अनुजदेखि संगठनकै हितका लागि भनेर क्षमता हुँदाहुँदै आँफु लचक बनेर त्याग गर्नुहुने सबै स्वजनहरु प्रति आभार व्यक्त गर्दछु । जिल्लाकै सबैभन्दा ठूलो संगठनभित्र संगठन हाँक्न सक्ने क्षमता भएका थुप्रै अग्रज तथा साथीहरु हुनुहुन्छ ।

तैपनि उहाँहरु सबैले म माथि भरोसा गर्नु भएको छ । म उहाँहरुलाई सकभर कहिलै निराश बनाउने छैन । मतलब म संगठनको हितका लागि सबैसंग हातेमालो गरी अगाडी बढ्ने छु । अग्रजको सरसल्लाह र सहकर्मी साथीहरुको जोशलाई आत्मसाथ गर्दै एउटा अशल नियतका साथ हाम्रो संगठनलाई जिल्लाकै एक व्यवसायिक तथा प्रतिपष्र्धी संगठन बनाउन प्रयासरत रहने छु ।

त्यसका लागि संगठन भित्रको सुद्धिकरणलाई ध्यान दिइने छ । नेपाल पत्रकार महासंघले जारी गरेको आचार संहितालाई मध्यनजर गर्दै सोही मापदण्डका आधारमा नेपाल प्रेस युनियनले पनि शुद्धिकरण चलाउने सर्कुलेशन भइसकेको छ । हामी त्यसैमा टेकेर अगाडि बढ्ने छौं ।

जस्तो कि पत्रकार बन्नलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने, ६ महिनादेखि बिदेशमा बस्दै आएको व्यक्ति पत्रकार हुन नपाउने, विगतमा पत्रकारिता गरेको भएपनि पछिल्लो छुट्टै व्यापार व्यवसायमा लागेकाहरु, सरकारी नियुिक्त बुझेकाहरु, पार्टीको सक्रिय राजनीतिमा लागेकाहरु, जनप्रतिनिधिहरु पत्रकारका रुपमा नरहने परिभाषित गरिएको छ ।

विगतमा अर्थात् स्थापना कालमा संगठन भित्र उहाँहरु आवश्यकता थियो होला । उहाँहरुले हामीलाई र हामीले उहाँलाई माया गरेकै कारण संगठनमा अटाउनु भयो होला तर अब त्यो सम्भव छैन ।आज पत्रकारिता नागरिक रहेकाहरु तथा उल्लेखित मापदण्ड विपरित भएमा अब हरेक व्यक्तिले आफु खुसी बिदाई हुनुपर्छ । हैन भने संगठनले उहाँहरुलाई हालसम्मको साथ समर्थनको लागि धन्यबाद दिएर बिदाई गर्नु्पर्छ ।

पत्रकारिता छोडेर अर्के पेशा व्यवसाय रोजेको दिन म आफैले पनि संगठन छोडेको घोषणा गर्ने छु । जो जुन पेशामा आवद्ध छ त्यसको पहिचान त्यसैमा खोजिनुपर्छ । अलग पेशा व्यवसाय रोजेकाहरु अब अलग हुनैपर्छ । हैन भने पत्रकारिता भित्र बिकृती मौलाउने खतरा रहन सक्छ । तपाइले भन्नुभो तर अहिले फेक न्युज र फ्याकट न्युजका विषयमा बनि चर्चा भएको छ नि ?

-हो हामी फेक न्युजको पक्षमा छैनौं तर फेक न्युज भाइरल भइरहँदा तथ्यफरक समाचार हामीले दिन सकेका छैनौं । हाम्रा सहकर्मीहरुमा पदिय दायित्वमा रहेका उत्तराधिकारीलाइ प्रश्न सोधेर सत्यतथ्य ल्याउने हैसियत पनि छैन । अब हामीले हाम्रा सदस्यहरुलाई त्यो विषयमा प्रशिक्षण दिने छौ ।

उनीहरुलाई जिम्मेवार बनाउनका लागि प्रशिक्षण कार्यक्रमको पनि आयोजना गर्ने छौ । यो बाहेक हामीले पत्रकारीता प्रशिक्षण समेत चलाउने तयारी गर्दै छौँ । स्थानीय सकार, प्रदेश सरकार र संघीय सरकारसम्म हामीले यो विषयमा केही कार्यक्रम ल्याएर न्यु मिडिया कन्सेप्टका विषयमा हामीले सबै सदस्यहरुलाई प्रशिक्षण दिने छौँ ।

यी बाहेक तपाईका अन्य भावी कार्ययोजनाहरु थप केही छन कि ?

अरु कुरा नयाँ साथीहरुको क्षमता अभिबृद्धिका लागि प्रयासहरु गरिने छन् । विभिन्न स्थानीय निकायसँगको सहकार्यमा पत्रकारितासम्बन्धी तालिमहरुको आयोजना गरिने छ । पेशागत सुरक्षा, श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन, व्यवसायिक दक्षता अभिबृद्धिका लागि कामहरु गरिने छ ।

संगठनका आवद्ध क्षमतावान साथीहरुलाई केन्द्रमा समन्वय गरी विभिन्न सञ्चार गृहहरुमा सिफारिसका लागि पहल गरिने छ । लोकतन्त्रवादीहरुको संगठन भएका नाताले हामी प्रेस स्वतन्त्रता, वाकस्वतन्त्रता, विधिको शासनका पक्षपाती हौ । यी चिजहरुबाट मात्रै लोकतन्त्रको जग मजबुत रहन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढ्न सबै साथीहरुलाई उत्प्रेरित गरिने छ ।

अर्कौ कुरा हालसम्म नेपाल प्रेस युनियन दाङ शाखाको इतिहास एक क्लिकमै खोज्न मिल्ने गरी आफ्नै वइभसाइट निर्माण गरी हालसम्मका पदाधिकारी र यसका साधारण सदस्य समेतको परिचयसहितका विवरणहरु त्यसैमा राखिने छ । कसैले बदमासी गरे सर्वसाधारणले जहाँ बसेर पनि गुनासोहरु राख्न मिल्ने व्यवस्था गरिने छ । नेपाल प्रेस युनियन दाङ शाखाका गतिविधिहरु सोही साइटमार्फत सार्वजनिक गरिने छ ।

फ्याक्ट न्यूजभन्दा फेक न्यूजहरु बढी भाइरल भइरहेका छन , यसको कारण के हो ?

यो युग डिजिटलाइज्ड युग हो । आज हरेकका हातहातमै स्मार्ट फोनहरु छन् । एक औँलाको एक स्कोरलमै नयाँ सूचना वा जानकारी आइरहेका हुन्छन् । त्यसरी उपलब्ध हुने सबै सूचना वा जानकारी सत्य नहुन पनि सक्छन् ।

समाजमा भ्रम छर्न, अफबाफ फैलाउन ग्रुप समुहहरु पनि प्रयोग गर्न थालिएका छन् । त्यस्ता कुराहरुले समाजलाई दिगभ्रमित मात्रै पारिरहेका हुँदैनन् वैत्तिक स्वतन्त्रमाथि पनि धावा बोलिहेका छन् । समाज हल्लाका पछि लाग्दा, नकारात्मकता बढ्ने खतरा रहन्छ । कतिपय अवस्थामा मिडिया हाउसभन्दा बढी सामाजिक सञ्जाल हाबी हुन खोज्दा समाज दिगभ्रमित हुने खतरा रहन्छ ।

आफू पक्षधर न्यूज भएन भने त्यसका बिरुद्ध विचार समूहहरु परिचालित हुने, पत्रकारका विरुद्ध जाइलाग्ने, मनपरी लेख्ने, गाली गलौज गर्ने वा धम्की दिने क्रम बढ्न थालेको छ ।

यो चिन्ताको विषय हो । समाजमा सत्य कुरा पस्कन र समाजलाई दिगभ्रमित हुनबाट जोगाउन यस्तो बेला मिडिया हाउस वा व्यवसायिक पत्रकारहरु बढो सजगताका साथ अगाडी बढ्न जरुरी छ भन्ने कुरा नेपाल प्रेस युनियनको उदेश्य रहेन छ । आफलाई स्वमूल्याङकन र निरीक्षण गर्दै सत्यको जगमा उभिएर मात्रै कलम चलाउन प्रेरित गरिने छ ।

अहिले नेपालमा उजागर भएको नक्कली भुटानी शरनार्थी प्रकरण होस वा यसअघिका सबैजसो ठूला यस्ता घटनाहरु उजागर गर्नेहरु पत्रकार र मिडिया हाउसहरु नै हुन । यद्यपी कतिपय ठूला घटनाहरु सामाजिक सञ्जाल यूटुव, टिकटक, फेसबुक मार्फत पनि उजागर भएका छन् । विश्वसनिय त्यस्ता सूचनाका आधारहरुलाई टेक्दै बिग मिडिया हाउसहरुले भने त्यस्ता समाचारहरु फलोअप गरी लेखेका घटनाहरु थुपै्र छन् । समाजलाई सत्यतथ्य सूचना सम्प्रेशन गर्न प्रेस युनियन सबै सामु निडर र निर्भिकताका साथ लागि पर्न प्रेरित गर्ने छ ।

नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकटको संगठन मानिन्छ र कतिपय मानिसहरु तपाइहरु जस्ता गनिएका व्यवसायिक पत्रकाहरु यस्ता संगठनमा लाग्दा निष्पक्ष पत्रकारिता कसरी कायम रहन्छ ? भनेर प्रश्न गर्छन । के त्यस्ता व्यक्तिहरुको भनाइ सही होइन ?

यो प्रश्न स्वभाविक हो । यतिखेर पत्रकारहरुमाथि त्यस्तो आरोप लाग्दै आएको सत्य पनि हो । सबैभन्दा पहिलो कुरा नेपाल प्रेस युनियन अन्य पार्टीहरुको जस्तै भातृ संगठन होइन । शुभेच्छुक संस्था मात्रै हो । यो एक प्रकारले लुज फोरम हो भन्दा पनि हुन्छ । तपाईले भनेका कुराहरु व्यक्तिमा निर्भर रहने कुराहरु हुन ।

मेरो विगतदेखि वर्तमानसम्म सरशर्ती तपाईको अगाडी छ, मैले पक्षधरता कहिल्यै कसैको लिएको छैन । भविश्यमा पत्रकारितामा रहँदासम्म म यही गरिरहन सकु भनेर सँधै आफलाई चिमुटी रहन्छु । जब सार्वजनिक पद धारण गरेका व्यक्तिहरुबाट शक्ति र पदको दुरुपयोग गरेका तथ्यहरु फेला पर्छन जो सुकै पार्टीका व्यक्तिहरु हुन म कहिलै लेख्न हिचकिचाइन । पत्रकारिताभन्दा मेरो अर्कौ पेशा व्यवसाय हालसम्म केही छैन र भविश्यमा पनि म त्यसरी नै अगाडी बढ्नेमा कुनै दुइबिधा छैन ।

व्यक्तिका व्यक्तिगत आनीबानी, निजी जीवनका कुराहरु बाहेक समाजहित विपरितका हरेक कार्यमा जुनसुकै दलका व्यक्तिहरु भएपनि मैले कहिल्यै पक्षधरता लिइन र भोलिपनि म त्यसरी नै उभिने छु । आस्थाका आधारमा कुनै व्यक्ति वा नेताका गलत कुराहरु ढाकछोप गर्नु वा पक्षधरता लिनु सही हैन भन्ने कुरा युनियन आफ्ना सबै सदस्यहरुमा स्पष्ट भन्ने चाहान्छ ।

गलत कुराहरुका विरुद्ध हाम्रा साथीहरु तठष्ट रुपमा स्वतन्त्रता पूर्वक निर्भिकताका साथ सत्य कुराहरु उजागर कहिल्यै चुक्नु हुन्न भन्ने हामी सन्देश दिन चाहान्छौँ । आस्थाका आधारमा अनावश्यक कसैलाई लखेट्नु, गौँरा कुरे जस्तो गर्नुभन्दा इशुको आधारमा कलम चलाउन आवश्यक हुन्छ ।

लोकतन्त्रवादी संगठनको सदस्य भएको नाताले मेरा लागि जहिलै व्यक्ति गौण कुरा हुन । यो डिजिटलाइज्ड युगमा यदी कसैले विधि, पद्धती र प्रक्रिया मिचेको भए मैले वा अरु कसैले छिपाएर त्यो छिप्ने कुरापनि होइन । यही कुरा आत्मसाथ गर्दै म हिजो जस्तै निर्भिक रुपमा लेख्न छोड्ने छैन ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *