भदौ १७ । भारतले पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ । अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् ।
भारतले यसअघि लोकप्रिय भिडियो एप टिकटक सहित ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार