काठमाण्डौ,जेठ १७ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन्। हाल ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार