२०८१ बैशाख १२ गते बुधवार

क्यान्सर रोगवारे सचेतना

यमकला भुसाल,
तुलसीपुर, पुस २४ । तुलसीपुरमा जनचेतना मुलक कार्यक्रम भएको छ । क्यान्सर काउन्सेलिङ नेपालको आयोजना एवं ज्ञानज्योती सेकेन्डरी स्कुलको सहकार्यमा बिहीवार वातावरणमा पार्ने असर,त्यसवाट हुन सक्ने रोगका बारे कार्यक्रम गरिएको हो ।

क्यान्सर काउन्सेलिङ नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा डा.ज्ञानेन्द्र पाण्डेले क्यान्सर के हो ? भन्ने थाहा भएको भएपनि त्यसबारे उपयुक्त ज्ञान नहुँदा सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपालका ९० हजार मानिसको वातावरण प्रदुषणकै कारण मृत्यु हुने गरेको उनले त्यसक्रममा जानकारी दिए । सुर्ती,चुरोट,रक्सि जस्ता विभिन्न पिय पदार्थहरु र बाह्य प्रदुषण (धँुवा,धुलो,किटनाशक औषधी) लगाएतबाट पनि क्यान्सर रोग उत्पन्न हुने हुँदा त्यसबारे सचेत हुन विद्यार्थीलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्मा,कृष्ण पुजारा लगाएतले क्यान्सर रोगबारे सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *