२०८१ जेष्ठ ८ गते मङ्गलवार

के हो फिस्टुला ?

फिस्टुला, अंगहरु अथवा नशाहरुको बीच हुने एक असमान्य जोड हो । यसले त्यस्ता दुई अंगहरु अथवा नशाहरुलाई जोडिदिन्छ । जुन प्राकृतिक रुपले जोडिएका हुन्नन् । जस्तो आन्द्रा अथवा छालाको बीचमा, योनी तथा मलाशयको बीचमा फिस्टुला हुने सम्भावना हुन्छ ।

फिस्टुलाका केही प्रकारहरु हुन्छन् । तर, यसका सबैभन्दा प्रचलित प्रकार हो एनल फिस्टुला । एनल फिस्टुला एउटा सानो नली समान हुन्छ । जुन आन्द्राको अन्त्यको भागलाई गुद्वारको नजिकैको छालासँग जोडिदिन्छ । यो साधारणतया त्यो बेला हुन्छ, जब कुनै संक्रमण सही तरिकाले ठिक भएको हुँदैन । अधिकांश एनल फिस्टुला तपाईंंको गुद्द्वारको नलीमा पीप जम्मा भएर हुन्छ ।

उक्त पीप छालाबाट आफैं पनि बाहिर निस्कन्छ अथवा यसका लागि शल्यक्रियाको आवश्यकता पनि पर्न सक्दछ । एनल फिस्टुला त्यो बेला हुन्छ । जब पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुन्छ अथवा त्यो राम्ररी ठिक भएको हुँदैन ।

यसको लक्षणहरुमा दुःखाई, सुजन, सामान्य रुपमा दिसामा देखिने परिवर्तन तथा गुद्वारमा हुने रक्तश्राप आदि हुन् । यसको परीक्षणका लागि डाक्टरले तपाईंको एउटा शारीरिक परीक्षण गर्दछन्, जसमा तपाईंंको गुद्वार तथा आसपासको क्षेत्रमा फिस्टुलाको परीक्षण गरिन्छ । फिस्टुलाको उपचारका लागि शल्यक्रिया समेत गर्न सकिन्छ । जसमा संक्रमित ठाउँबाट पीपलाई बाहिर निकालिन्छ ।

 

फिस्टुलाका प्रकार

फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।

-सामान्य तथा जटिल

एक अथवा एकभन्दा बढी फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रुपमा वर्गीकृत गरिन्छ ।

-कम अथवा बढी

फिस्टुला भएको ठाउँ तथा मांशपेशीहरु (गुद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढी भनेर वर्गीकृत गरिन्छ ।

फिस्टुलाका लक्षणहरु

फिस्टुलाका निम्न लिखित लक्षणहरु हुन सक्छन् :

-गुद्वारमा पटक-पटक फोका आउनु

– गुद्वारका वरपर दुख्नु अथवा सुजन हुनु

-दिसा गर्दा दुख्नु ।

-रक्तश्राप

– गुद्वारको छेउबाट गन्हाउने रगत मिसिएको पीप आउनु (पीप निस्किएपछि दुखाई कम हुनसक्छ)

-पटक-पटक पीप निस्किन थालेपछि गुद्वारको वरपरको छालामा जलन हुनु ।

-ज्वरो, चिसो लाग्नु अथवा थकान महसुस हुनु ।

-कब्जियत हुनु ।

-सुजन हुनु आदि ।

यदि तपाईंंलाई पनि यीमध्ये कुनै लक्षण देखिए भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

फिस्टुलाको कारण तथा चुनौतीहरु

अधिकांश फिस्टुला गुद्वारमा फोका भएपछि हुनेगर्छ । यो त्यो बेला हुनसक्छ, जब फोकाबाट पीप निस्किएपछि त्यो ठिक हुँदैन । के अनुमान लगाइन्छ भने हरेक दुईदेखि चार व्यक्ति, जसलाई गुद्वारमा फोका आउँछ, तीनलाई फिस्टुला हुन्छ ।

यसका केही असामान्य कारणहरु यसप्रकार छन् :

-एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनतन्त्रमा सुजन हुन्छ ।

-गुद्वारको छेउछाउको छालामा फोका आउनु तथा दाग बस्नु ।

-क्षयरोग अथवा एचआईभी संक्रमित हुनु ।

-गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता ।

फिस्टुलाका कारक तत्वहरु

फिस्टुलाको निम्न लिखित कारक तत्वहरु हुन सक्छन् :

-सुगर (मधुमेह)

-धुम्रपान गर्नु

-मदिरापान

-मोटोपना

-एचआईभी

-गुद्वारमा विगतमै चोट लाग्नु

-विगतमा गुद्वारको वरपरको क्षेत्रमा रेडिएसन थेरापी गरिनु ।

फिस्टुलाबट कसरी बच्ने ?

यदि तपाईंंलाई एक पटक फिस्टुला भएको छ भने निम्न लिखित तरिकाबाट भविष्यमा यसबाट बच्नुहुनेछ ।

प्रशस्त फाइबर

यदि तपाईंंलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईंंलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । तपाईंंले खानपिनमा प्रशस्त मात्रामा फाइबर लिनुपर्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाईंं कब्जियतबाट बच्न सक्नुहुनेछ ।

जबसम्म तपाईंंलाई मुलायम तथा पहिलाकोभन्दा बढी दिसा आउन कम हुन्छ । त्यो बेलासम्म फाइबरको सेवनलाई बिस्तारै बढाउँदै लैजानुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसबाट पेटमा सुजन अथवा ग्याष्ट्रिक नहोस् ।

तरल पदार्थको सेवन

तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । किनभने यसले दिशालाई नरम बनाउँछ र दिसा गर्नपनि सजिलो हुन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनुपर्छ । अधिक मात्रामा मदिरा तथा कफी पिउनाले शरीरमा पानी कम हुन सक्छ ।

व्यायाम गरौं

कब्जियत हुने सबैभन्दा सामान्य कारण भनेको कम शारीरिक गतिविधिहरु हुनु पनि हो । हरेक दिन कमसेकम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नुपर्छ । जसले तपाईंंको पाचन प्रणाली राम्रो हुनेछ र तपाईंं फिट रहनुहुनेछ ।

दिसालाई लामो समयसम्म नरोकौं

जब तपाईंंलाई दिशा गर्न मन लाग्छ । त्यही बेला नै दिशा गर्नुपर्छ । यदि त्यही बेला दिशा गर्नुभएन भने भविष्यमा त्यस्तो मन लाग्ने सम्भावना घट्नसक्छ । तपाईंंले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ । त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।

अन्य बानीहरु

निम्नलिखित तरिकाहरुले कब्जियतको समस्यालाई कम गर्न सकिन्छ र गुद्वारको नलीको तनावलाई कम गर्न सकिन्छ ।

१. ट्वाइलेटमा दिशा गर्नका लागि प्रशस्त समय लिने तर धेरै समयसम्म ट्वाइलेटमा बसिरहनु पनि हुँदैन ।

२. दिशा गर्नका लागि धेरै बल नगर्ने ।

३. गुद्वारको क्षेत्रलाई सुख्खा राख्ने ।

४. हरेक पटक दिशा गरेपछि आफूलाई राम्ररी सफा गर्ने ।

५. नरम खालको ट्वाइलेट पेपर प्रयोग गर्ने ।

फिस्टुलाको उपचार

फिस्टुलाका लागि शल्यक्रियाकै आवश्यकता पर्दछ । यसलाई औषधिले ठिक पार्न सकिँदैन ।

एउटा सामान्य फिस्टुलाका लागि चिकित्सकले फिस्टुलाको नलीको छाला तथा वरपरको माशंपेशीहरुमा एउटा चीरा बनाएर घाउ भर्ने काम गर्छन् । सामान्य फिस्टुलालाई गुद्वारको मांशपेशीलाई हानि नपुर्‍याई ठिक बनाउन सकिन्छ भने जटिल फिस्टुलालाई ठिक गर्ने क्रममा जोखिम समेत बढ्छ ।

यदि स्थित जटिल छ भने फिस्टुलाको उपचारका लागि चिकित्सकले त्यसको प्वालमा एउटा ट्यूब हाल्छन् । त्यसलाई सेटन भनिन्छ र त्यो एउटा रबरको हुन्छ । सेटलले संक्रमित तरल पदार्थलाई सोस्ने काम गर्छ । यसका लागि छ हप्ता अथवा त्योभन्दा बढी समय लाग्नसक्छ ।

फिस्टुलाको स्थानको आधारमा चिकित्सकले तपाईंंको गुदद्वारको मांशपेशीलाई काट्न सक्दछन् । चिकित्सकहरुले उक्त मांशपेशीलाई हानि नपुर्‍याउने कोसिस समेत गर्छन् । यद्यपि, शल्यक्रियापछि दिशालाई नियन्त्रित गर्नमा कठिनाई हुनसक्छ ।

फिस्टुलाको शल्यक्रियापछि बिरामीको विशेष हेरचाह गर्नुपर्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

-फिस्टुलाको शल्यक्रियापछि चिकित्सकद्वारा भनिएको पेन किलर तथा एन्टिबायोटिक्स औषधि सेवन गर्नुपर्छ । आफ्नो खुशीले औषधि पसलमा गएर औषधि किन्नु हुँदैन ।

-दिनमा तीनदेखि चार पटक तातो पानीले नुहाउनुपर्छ ।

-फिस्टुला ठिक हुने बेलासम्म आफ्नो गुद्वारमा प्याड लगाउनुपर्छ ।

-चिकित्सकले भने पछि मात्र आफ्नो दैनिक जनजीवनका कामहरु गर्नुपर्छ ।

-फाइबरयुक्त खानेकुरा र प्रसस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ ।

 

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *