Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


फेरिदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर


यमकला भुसाल,
तुलसीपुर,१५ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले वितेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । अस्पतालले मगंलवार पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । सो अवसरमा बोल्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सर्वेश शर्माले यस आर्थिक वर्ष २०७६÷०७७ मा पहिलो प्राथमिकतामा राखेर अस्पतालमा दक्ष जनशक्तिको लागी पहल गर्ने बताए । उनले भने,–अस्पतालमा पैसाको अभाव होइन,दक्ष जनशक्तीको अभाव छ, हामीले यस वर्ष पहिलो प्राथमिकतामा राखेर यसका लागी पहल गर्ने छौँ ।

उनले दरवन्दी अनुसार अस्पतालमा डाक्टर नहुदाँ बिरामीको चाँप बढ्दा उपचारमा समस्या हुने गरेको पनि बताए । १६ जना बिषेशज्ञ डाक्टरको दरबन्दी छ तर ४÷५ जना डाक्टरको भरमा अस्पताल चलिरहेको छ,उनले भने । कार्यक्रममा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दे डा. शर्माले यस आर्थिक वर्ष देखि अस्पतालमा शव गृह र मर्चुरी फ्रिज जडान गरिएको जानकारी दिए । उनले अस्पतालमा इन्डोसकपी मेसिन जडान, एक सय सिसिको एक्सरे मेसिन जडान,सिकलसेलको मेसिन जडान गरिएको र सिकलसेलका बिरामीको यस वर्ष प्रतिव्यक्ती १ हजार २ सयको दरले १५ जनाको उपचार गरिसकेको बताए ।

यस्तै यसवर्ष ल्याबमा आउने बिरामीको सङयामा पनि बृद्धी भएको बताए । ल्यावमा पनि जनशक्तीको अभाव छ तर सहज तरिकाले काम गरिरहेको छौँ,त्यसैले बिरामीको पनि चापँ छ,डां शर्माले भने ।

यसैगरि उनले राप्ती प्रादेशिक अस्पतालबाट वितेको आर्थिक वर्ष २०७५÷०७६मा ५३ हजार बढी विरामीले सेवा लिएको बताए । उनका अनुसार गत वर्ष ५५ हजार विरामीले सेवा लिएका थिए तर यसवर्ष त्यो सङ्या घटेको छ । डां शर्माले यसवर्ष अस्पतालमा ३ वटा रोगका डाक्टरहरु पढ्नका लागी बाहिर जादाँ विरामीको सङ्या घटेको जानकारी दिए ।

२०६५ साल देखि सेवा दिदै आएको अस्पतालले हाल ९०÷९५ वटा बेडबाट विरामीलाई सेवा दिदै आएको उनले बताए । उनले भने,– अस्पतालमा ५० बेडको दरबन्दी हो तर हामीले बाहिरी विभिन्न सहयोगबाट अहिले ९०÷९५ वटा बेडसञ्चालन गरिरहेका छौँ र सेवा पनि दिदै आएका छौँ । उनले अस्पतालमा इमरजेन्सी सेवाका लागी पनि बेडको सुविधा रहेको बताए । अस्पतालले २४ औँ घण्टा ल्याब सेवा,रेविज रोग लागेका विरामी र अपागं व्यक्तीका लागी निशुल्क उपचार गर्ने जानकारी दिए ।

यसैगरि अस्पतालमा अधिकाशं दम,ज्वरो,फिगर,सिकलसेल ,झाडापखाला जस्ता रोगका विरामीहरु धेरै आउने गरेको अस्पतालका डां शर्माले जानकारी दिए । अस्पतालबाट महिनामा १० लाख बढीको औषधी विक्री हुदै आएको र वर्षेनी १२ लाख ५२ हजार ५ सय ५३ रुपैया बराबरको निशुल्क उपचार गर्दे आएको पनि बताए । साथै अस्पतालले वार्षिक १७ लाख बराबरको निशुल्क औषधी पनि बितरण गर्दे आएको उनले बताए ।

यसैगरि अस्पतालले आउने असोज महिना सम्म सिटीइस्क्यान मेसीन ल्याउन लागेको छ । त्यसको टेन्डर आह्वान समेत गरिएको डां जनार्दन पन्थीले जानकारी दिए । उनले यसैवर्ष देखि बच्चाको लागी आइसियु सेवा सञ्चालन गर्न लागेको पनि बताए । यसैवर्ष राप्ती प्रादेशिक अस्पतालले अर्को भवन निमार्ण प्रक्रियामा रहेको समेत अस्पतालले जनाएको छ । साथै पर्याप्त सामाग्री सगै भवन र जनशक्ती भएमा उपचारलाई अझ प्रभावकारी बनाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal