Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तर्साउने गरि एकाएक ल्याइएको अनलाईन सेवा सफल हुनै सक्दैन – सचिव विनिल केसी



दाङ,साउन ४ । तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले एकाएक उद्योगी व्यवसायीलाई तर्साउनले गरि ल्याइएको अनलाईन सेवा स्विकार्य हुनै नसक्ने बताएका छन् । सरकारले साउन १ गतेदेखि व्यवसायिक प्रयोजनाका मालसामान एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गर्नुपूर्व मालसामानको विवरण राजस्व अनुसन्धान विभागमा अनलाइनमार्फत् दर्ता गराउने प्रकिया सुरू गरेको प्रति सचिव केसीले त्यस्तो प्रतिक्रिया दिएका हुन ।

अनलाईन सेवा सुरु गर्नु पूर्व उद्योगी र व्यवसायी संग राज्यले छलफल समेत नगरेर एकाएक हचुवाको भरमा ल्याएको हुँदा त्यो व्यवहारतह तत्काल लागु हुन असंभव रहेको केसीले दाबी गरे । ‘यो तहगत हिसावले आउनु पर्ने थियो,’ सचिव केसीले थपे ‘ तर, तर्साउने गरि आयो त्यसको विरोध हो।’ तहगत रुपमा निश्चित दायरा तोकेर सुरुमा ठूला उद्योग र व्यापारी वाट अनलाईन सेवा सुरु गर्नुपर्ने उनको कथन छ । जस्तो उदाहरणको लागि सुरुमा सेवा सुरु गर्दा ३५ करोड भन्दा माथि लगानी भएका व्यवसायी वाट सुरु गर्न सकिने उनले सुझाए । औंलामा गन्न सकिने व्यापारी मात्रै उच्च शिक्षा हासिल गरेको हुँदा पूर्व तयारी विना अहिलै अनलाईन सेवा लागु गर्दा असफल हुने केसीले दाबी गरे ।

धेरै पुराना व्यापारीले आजपनि सामाजिक सञ्जालको प्रयोग, इमेल इन्टरनेटको प्रयोग र कम्प्यूटरको प्रयोग गर्न नजानेको हुँदा विना तालिम, विना पूर्वाधार हचुवाको भरमा राज्यले साउन १ गतेवाट सेवा सुरु गरेको हुँदा त्यसको चौतर्फी विरोध सुरु भएको सचिव केसीले बताए । ‘ यूरोप अमेरीको जस्तो ऐन ल्याउन खोजेर मात्रै भएन । त्यो अनुरुपको प्रवृधिको विकाश,चेतनास्तर, शिक्षापनि आवश्यक पर्छ,’ सचिव केसीले फरककोण संगको सम्वादमा भने ‘जस्तो एक हजार भन्दा बढी ज्याला भुक्तानी गर्दा समेत मजदुरले त्यही विधि अपनाउने भन्ने छ , त्यो तत्काल त्यो कसरी संभव छ ?’

उनले सुरुमा ठूला घरानाका उद्योगी व्यवसायी वाट अनलाईन विलिङ सेवा सुरु गरेर विस्तारै प्रविधिको विकाश भएपछि सबैमा लागुगर्न सकिने तर्क प्रस्तुत गरे । त्यस्तै उनले मुल्य अभिबृद्धि करमा व्यापारीलाई भ्याट लगाउने कुरामा पनि सरकार व्यवहारिक रुपमा चल्नुपर्ने धारणा राखे । ‘हामी राज्यको नीति नियम विपरित जान खोजेको कदापी हैन,तर, कुनैपनि कुरा व्यवहारिक हिसावले लैजानुपर्छ भन्ने हाम्रो माग हो,’ सचिव केसीले भने । सवारीसाधन ट्रयाकिङ सिस्टम तत्काल फिर्ता गर्नुपर्ने मागसहित देशका विभिन्न स्थानमा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आयोजना शुक्रबार सवारीसाधन ट्रयाकिङ सिस्टम तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै काठमान्डौंमा प्रदर्शन भएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ लगाएत अन्य वाणिज्य संघहरुले पनि विज्ञप्ति प्रकासित गरेर सवारीसाधन ट्रयाकिङ सिस्टम तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् ।

व्यवसायीहरु सडकमा उत्रिएपनि अर्थमन्त्री युवराज खतिवडाले प्रविधिबाट कोही भाग्न नमिल्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal