२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश सांसद गिरीले सपथ पछि बीपीको सालिकमा मार्यापन गरे

तुलसीपुर, चैत १० । प्रदेश सांसदमा सपथ पछि शंकर गिरीले सोमवार तुलसीपुरस्थित बीपीको सालिकमा मार्यापन गरेका छन् ।

आफ्ना समर्थकका साथमा सोमवार विहान उनले वीपीको सालिकमा मार्यापन गरेका हुन । नेपाली काँग्रेस दाङका नेता गिरीले आइतवार मात्रै प्रदेश सांसदको सपथ लिएका थिए ।

सपथ पछि फरक कोणलाई सम्क्षिप्त प्रतिक्रिया दिदै प्रदेश सांसद गिरीले बीपीको निष्ठा र आदर्शको राजनीति जीवन्त राख्न प्रयास गर्ने बताए ।

त्यस्तै उनले यतिबेला देश कोरोना भाइरसका कारण महासंकटको घडीमा रहेको हुँदा सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रदेश नं. ५ का जेष्ट सांसद बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त रहेको पदमा नेपाली काँग्रेसले गिरीलाई प्रदेश सांदस बनाएको हो ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *