२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा

लिलाधर वली, दाङ, फागुन १० । दाङको घोराही उपमहानगरपालिकाले घोराही सहरको इतिहास झल्काउने उदेश्यले घोराही सहरको दुई स्थानमा घोडाको प्रतिमा राखेकोे छ ।

घोराही बजारको मुख्य चोकहरु गुम्रा चोक र घोराही चोकमा घोडाको प्रतिमा स्थापना गरेको हो । घोराही सहरको नाम घोडा शब्दबाट अपभ्रंश भई घोराही रहन गएकाले इतिहासको संरक्षण गर्ने उदेश्यले घोडाको प्रतिमा राखिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

नगरकार्यपालिकाको निर्णय अनुसार घोराहीको घोराहीचोक र गुम्राहचोकमा घोडाको प्रतिमा राखिएको उनले बताए । गुम्राह चोकमा घोडाको प्रतिमा स्थापना पछि शनिवार उद्घाटन गरिएको छ ।

मुख्य मन्त्री शंकर पोखरेलले त्यसको उद्घाटन गरेका हुन । घोराही चोकमा स्थापना गर्ने घोडाको प्रतिमा भने निर्माणको क्रममा रहेको नगर प्रमुख चौधरीले जानकारी दिए ।

गुम्रा चोकमा सिल्भरबाट निर्मित जोडि घोडा र घोडीको प्रतिमा राखिएको छ भने घोराही चोकमा फाइबरबाट निर्माण गरिएको एउटा घोडाको प्रतिमा मात्रै राखिने भएको ।

गुम्रा चोकमा राखिएको घोडाको प्रतिमा २९ लाखमा टेण्डर आह्वान गरिएकोमा २५ लाखमा निर्माण भएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिएका छ्न ।

घोराही चोकमा राखिने घोडाको प्रतिमा भने त्यो भन्दा केही सस्तोमा निर्माण हुने उनले बताए । उनका अनुसार त्यो प्रतिमा वन्न अझैं केही समय लाग्ने भएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *