Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


दाङ,फागुन ३ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नं.६ निवासी ४८ बर्षीय आशिक महोमदको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रवार बेलुका करिव ७ बजेतिर बागचौर नगरपालिका वडा नं. ९ स्थित धामी ढुङ्गामा ना ६ ख ९२१३ नम्वरको ट्रयाक्टर घुम्तिमा मोडन नसकेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

शनिवार बेलुका यो खवर तयार पार्दासम्म मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मोहमद ट्रयाक्टरमा एक्लै रहेको प्रहरीले बताएको छ । उनी गाउँ गाउँमा डुलेर शिरक डसना बनाउने काम गर्ने व्यक्ति रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal