२०८० चैत्र १५ गते बिहिवार

नेशनल युथ बक्सिङमा अनिलले जिते स्वर्णपदक


लक्ष्मण बस्नेत
काठमाडौँ, २० कार्तिक ।
काठमाडौँमा बुधवार सम्पन्न नेशनल युथ बक्सिङ च्यापियनसिपमा दाङका अनिलकुमार पुन मगरले स्वर्ण पदक जितेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालित फष्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पियनसीपको ६० केजी तौल समूहमा बाँके जिल्लाका ईन्द्र सुनालाई फाईनलमा पराजित गर्दै अनिलले स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै ४९ केजी तौल समूहमा नक्साल बक्सिङ क्लवका खान अलिसँग फाईनलमा पराजित दाङका सुरज वली भने रजत पदक जितेका छन् । कार्तिक १६ गतेदेखि सञ्चालित नेशनल युथ बक्सिङ च्याम्पियनसीपमा दाङ जिल्लाले पुरुषतर्फ ४९, ५२, ५६, ६० र ७५ केजी तौल समूह र महिलातर्फ ४८ केजी तौलमा खेलाडी सहभागी गराएको थियो ।

जसमध्ये दाङले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जित्न सफल भएको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *