Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


आफ्नै श्रीमतीको हत्या गरि फरार अभियुक्त ६ बर्षपछि पक्राउ


शिवु खनाल, दाङ, कार्तिक ६ । आफ्नै श्रीमतिको हत्या पछि फरार एक व्यक्तिलाई प्रहरीले ६ बर्षपछि पक्राउ गरेको छ ।

लमही नगरपालिका वडा नं. ५ निवासी ३२ बर्षीय प्रदिपकुरमा जैसवलाले २०७० साल असार २५ गते आफ्नै श्रीमति प्रितीकुमारी जैसवाललाई घाँटी थिचेर हत्या गरि फरार रहँदै आएका थिए ।

प्रदपिलाई श्रीमति हत्या काण्डमा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले १८ वर्ष ८ महिना १९ दिन जेल सजायको फैसला सुनाएको थियो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले लुकिछिपी बस्दै आएका फरार अभियुक्त जैसवाललाई मंगलवार बेलुका ६ बजेतिर लमही बजार क्षेत्रवाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जानकारी दिए ।

त्यतिबेला सामान्ने विवादमा प्रदिपले श्रीमतिको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला अदालतले २०७४ साल पुस १७ गते जैसवालका विरुद्ध उक्त फैसला सुनाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal