Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


चाडपर्वलाई कमाउने अवसरका रुपमा मात्रै नलिन आग्रह

विमल रिजाललाई संघको मानार्थ सदस्यता



शरद रेग्मी
तुलसीपुर, ४ असोज ।
चाडपर्वमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले आम व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान बिक्री वितरण गर्ने तथा कुनै पनि अखाद्य वस्तुहरु बिक्री गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने चेतावनी दिएको छ ।

संघको शनिबार बसेको बैठकमा अध्यक्ष वीरबहादुर रावतले चाडपर्वलाई व्यवसायीले कमाउने अवसरका रुपमा मात्रै नहेरेर सेवा र गुणस्तरीयतामा पनि ध्यान दिन सचेत तुल्याएका छन् । अध्यक्ष रावतले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको सही मूल्य कायम गर्न तथा म्याद नाघेका वस्तुहरु तत्काल पसलबाट हटाउन पनि व्यवसायीलाई आग्रह गरेका छन् ।

पूर्व अध्यक्ष विमल रिजालले संघले खाद्य, फलफूल, तरकारी, मासु र अन्य उपभोग्य सामग्रीहरुको बिक्रीका बारेमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको हुँदा यदी कुनैपनि व्यवसायीले व्यवसायिक धर्मविपरीत गरेको पाइएमा तत्काल खबर गर्न आम उपभोक्तालाई आग्रह गरे । ‘मिसावटका कुनैपनि सामान बेच्नु अपराध हो’ रिजालले भने ‘गुणस्तरीय सामान बेच्नुहोस् र दिगो रुपमा व्यवसाय गर्नुहोस ।’

रिजाललाई मानार्थ सदस्यता प्रदान
तुलसीपुर उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष तथा सल्लाहकार रिजाललाई संघको मानार्थ सदस्यता प्रदान गरेको छ । दश बर्षभन्दा बढी समय निरन्तर संघको हित र विकासमा योगदान पु¥याएको भन्दै रिजाललाई मानार्थ सदस्यता प्रदान गरिएको संघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिए ।

‘वाणिज्य संघमा विभिन्न पदमा रहेर पूर्व अध्यक्ष रिजालले संघलाई आजको स्थितिमा पु¥याउन अतुलनीय योगदान पु¥याउनुभएको छ । उहाँको त्यही भूमिकाको सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गर्ने निर्णय भएको हो’ महासचिव खत्रीले भने ।

कार्यक्रममा पूर्व अध्यक्षहरु चिरञ्जीवि रिजाल, हेमन्त रिजाल, केन्द्र तथा प्रदेश सदस्यहरु नरेशराज भण्डारी, दुर्गाप्रसाद भुसाल, बिमल पौडेल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद चलिसे, उपाध्यक्ष ललितजंग शाह, कोषाध्यक्ष डिल्लीबहादुर वलीलगायतले नजिक आउँदै गरेका दशैँ, तिहारजस्ता पर्व र व्यवसायिक प्रतिवद्धताका बारेमा धारणा राखेका थिए ।

किराना व्यवसायीले १० प्रतिशतसम्म छुट दिने
तुलसिपुर उद्योग वाणिज्य संघअन्तर्गतका किराना ब्यबसायी उसमितिले चाडपर्वमा उपभोक्तालाई २ देखि १० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । संयोजक वसन्तकुमार खड्गीले दशैँ, तिहारको अवसरमा उपभोक्तालाई २ देखि १० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको बताएका छन् । बैठकले संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने संघका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal