Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुर डेंगुको उच्च जोखिममा

घोराहीभन्दा दोब्बर संक्रमित फेला



दाङ, असोज १ ।
दाङको तुलसीपुर डेंगुको उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ । जिल्लामा सबैभन्दा धेरै डेंगुका बिरामी भने तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा फेला परेका छन् । तुलसीपुर क्षेत्रमा हालसम्म ३८ जना डेंगु रोगका संक्रमित बिरामी फेला परेका छन् । घोराही उपमहमानगरपालिकामा भने त्यो संख्या १९ जना मात्रै रहेको छ । जिल्ला जनस्वास्थ्य महाशाखा घोराहीका डेंगु फोकल पर्सन कमल चन्दले त्यो जानकारी दिएका हुन् ।

घोराहीको भन्दा दोब्बर डेंगुका संक्रमित तुलसीपुरमा फेला पर्नुले यो क्षेत्र जिल्लाकै सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिएको छ । फोकल पर्सन चन्दका अनुसार तुलसीपुरमा ३८ जना, घोराहीमा १९ जना, बबई गाउँपालिकामा २ जना र गढवामा एकजनामा मात्रै डेंगुको संक्रमण देखिएको छ । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी डेंगुका बिरामी फेला परेपनि त्यो नियन्त्रणको लागि विषादी छर्नेबारे कुनैपनि तयारी भने गरिएको छैन ।

नगर प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्य हाल चीन भ्रमणमा रहेका छन् । पहिलो पटक साउन ३२ गते घोराही सर्राका एक व्यक्तिमा डेंगु फेला परेको थियो । त्यस यताको अवधिमा ६९ जना डेंगुका बिरामी फेला परेका छन् । यद्यपि यसलाई मंगलबारसम्मको तथ्याङ्क भनिएको छ ।

बुधवार थप केही बिरामी थपिएको भएपनि एकीन तथ्याङ्क भने बिहीबार मात्रै प्राप्त हुने जिल्ला जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ । पछिल्लो समय जिल्लामा दैनिक रुपमा डेंगुका बिरामी थपिदै गएका छन् । दैनिक ४÷५ जनाको दरले बिरामी थपिदै गएको चन्दले जानकारी दिए ।

घोराहीमा डेंगुको विषादी छर्दै
दाङको घोराही उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्न बिहीबारदेखि विषादी छर्ने भएको छ । घोराही वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेले बिहीबारदेखि नगर परिसरबाटै लामखुट्टे मार्ने औषधी छर्ने तयारी गरिएको जानकारी दिए । जिल्लामा डेंगुका बिरामी दिनानु दिन थपिदै जान थालेपछि घोराहीले त्यो रोग सार्ने लामखुट्टे मार्ने विषादी ल्याएर छर्ने तयारी गरेको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।

तीन दिन अगाडि स्वास्थ्य मन्त्रालय महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको झण्डै ५ लाख मुल्य बराबरको औषधी घोराहीले पथलैयाबाट ल्याएको थियो । उपमहानगरमा डेंगु सार्ने लामखुट्टे मार्नको लागि आवश्यक पर्ने औषधी माग फाराम भरेर बाराको पथलैयाबाट ल्याएको घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए ।

झण्डै ५ लाख मुल्य बराबरको लामखुट्टे मार्ने औषधी महाशाखाले निःशुल्क रुपमा उपलब्ध गराएको घर्तीले बताए । स्वास्थ्य महाशाखा र बबई गाउँपालिकाबाट औषधी छर्ने स्प्रे ल्याएर बिहीबारदेखि नै औषधी छर्ने तयारी गरिएको उनले बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुसहित अन्य विभिन्नखाले रोग नियन्त्रणका लागि नगरले विषादी छर्ने योजना बनाएको घर्तीले बताए ।

‘डेंगुको बासस्थान हुने सम्भावित क्षेत्रमा त्यो विषादी छर्ने गरी तयारी भइरहेको छ’ घर्तीले भने ‘सुरुवात भने नगर परिसरबाटै गर्ने भन्ने छ ।’ कर्मचारी मिलन केन्द्र परिसरबाट विषादी छर्न सुरु गर्ने तयारी गरिएको छ ।

जहाँ सडक निर्माणपछि खाली छोडिएको ड्रमहरुमा बर्षाको पानी भरिएको हुँदा त्यो डेंगु सार्ने लामखुट्टेको घर बनेको हुनसक्ने घर्तीले आशंका व्यक्त गरे । नगरभरिका मानवबस्ती आसपासका पानी जमेको ठाउँ, झाडीलगायतमा लामखुट्टेको घर हुनसक्ने हँुदा त्यस्ता ठाउँहरुमा ल्याएको औषधी छर्किने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal