
यहि डिसेम्बर २८ तारिख न्यूयोर्कमा “रमझम साँझ – २०२४” हुने भएको छ । नेपाली अमेरिकन कलाकार संघ न्युयोर्कको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रम को तयारी भैरहेको आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा मुख्य आकर्षकका रुपमा चर्चित गायक राजेशपायल राई रहेका छन भने कलाकारहरू राजन ठुकुरी, सिर्जना बिरही थापा, नृत्य निर्देशक शंकर बीसी, शिव विक, बाबु थापा, पार्वती राई र रश्मी तामाङ लगाएतका कलाकारहरुको प्रस्तुति रहने छ ।
संघका वरिष्ठ उपाध्यक्ष विमल डांगीले कार्यक्रम आयोजनाको मुख्य उदेश्य कला, संस्कृति र परम्पराको मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न तथा नेपाली कलाकारहरूको गरिमालाई प्रवद्र्धन गर्ने बताए।
कार्यक्रम बेलुका ७:३० बजे देखि राति २ बजेसम्म सञ्चालन हुनेछ। टिकट शुल्क प्रवेशका लागि ५० र १०० डलर तोकिएको छ।
संघले क्रिसमस २०२४ तथा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष बसन्ती राईले बताइन्। साथै कार्यक्रममा साकेला, कौडा र सालैजो नृत्य प्रमुख आकर्षण हुनेछ।