२०८१ बैशाख १० गते सोमवार

‘ज्यानै बाजी भो’ बजारमा

काठमाडौ, पुस ९ । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ ।

काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा पत्रकार सम्मेलन गरि मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन ।

गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइ बर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *